News Portal

युक्रेनी दम्पतीलाई पूर्वी नाकाबाट फर्काइयाे

पर्वत पोर्तेल
१२६२ पटक

झापा। पूर्वी नाका काँकडभिट्टाबाट बिहीबार नेपाल प्रवेश गरेका युक्रेनी दम्पती अस्पताल जान नमानेपछि उनीहरुलाई भारत नै फर्काइएको छ ।

कोरोनाको संक्रमण आशंका गरिएपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा जान नमानेपछि उनीहरुलाई भारत नै फर्काइएको हो ।

नाकाको अस्थायी हेल्थ सेन्टरमा जाँचका क्रममा ३४ वर्षीय एन्ड्रिन लार्जेगिन र उनकी पत्नी ४३ वर्षीया ओलेना क्लिन्कोको शरीरमा १ सय ४ फरेनहाइट भन्दा माथि ज्वरो देखिएको र रुघाखोकी समेत लागेको पाइएको मेचीनगर स्वास्थ्य शाखाकी प्रमुख शशिकला राईले जानकारी दिइन्।

झापाका अस्पतालमा आइसोलेसन वार्ड नभएकाले उनीहरुलाई बीपी प्रतिष्ठान पठाउन लागिएको थियो तर १५ दिनसम्म आइसोलेसनमा बस्‍न नमानेपछि उनीहरुकै सहमतिमा भारत फर्काइएको राईले जानकारी दिइन्।

युक्रेनी दम्पती दिल्ली हुँदै दार्जिलिङ घुमेर नेपाल प्रवेश गरेका थिए।

प्रतिकृया दिनुहोस्