News Portal

  • कोरोना आतंक : खतरा विदेशबाट आउने नेपालीबाटै

    विदेशबाट आउने सबैलाई क्वारेन्टाइनमै राख्न जनस्वास्थ्य विज्ञको सुझाव

    रातोपोस्ट संवाददाता
    ४८५ पटक

    काठमाडौं। डिसेम्बरको अन्त्यमा चीनबाट सुरु भएको कोरोनाभाइरसको माहामारीले यतिबेला युरोपलाई बढी चिन्तित बनाएको छ । बिहीबार अपरान्हसम्ममा इटालीमा ८ सय २७ जनाको ज्यान गइसकेको छ भने १० हजार ५ सय ९० जना बिरामीको उपचार भइरहेको छ ।

    इटालीमा कोरोनाको भयावह स्थिति आएको एक साता पनि भएको छैन । इटालीसहित बुधबार र बिहीबार डेनमार्कमा पनि यो रोग तीव्ररुपमा फैलिएको छ । त्यसैगरी अमेरिका, अष्ट्रिया लगायतका देशमा पनि कोरोनाले उच्च गति लिइरहेको छ । दक्षिण कोरियामा कोरोनाको कारण मृत्यु हुनेको सङ्ख्या ६६ जना पुगेको छ भने बिहीबार मात्रै १ सय १४ जना नयाँ बिरामी देखिएका छन् ।

    छिमेकी देश भारतमा पनि ७३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने त्यसमध्ये ११ जना बिहीबार मात्रै पुष्टि भएका बिरामी छन् ।

    भारतमा समेत कोरोना भाइरसको संक्रमण तीव्ररुपमा बढेपछि उसले मार्च १३ देखि लागू हुनेगरी आफ्नो पूरै देश लकडाउन गरेको छ । भारतले भारत आउने पर्यटकलाई मात्रै होइन, आफ्नै देशका नागरिकलाई समेत भारत प्रवेशमा रोक लगाउने निर्णय गरेको छ ।

    युरोपका कतिपय देशले सीमा वा पूरै देश लकडाउन गरिसकेका छन् । कतार लगायतका खाडी मुलुकले पनि आफ्नो देशको प्रवेशमा प्रतिबन्ध लगाइसकेको छ ।

    तर नेपालमा भने हालसम्म एकजनालाई मात्रै कोरोना भाइरसको संक्रमण देखिएको र उनी पनि निको भएर गइसकेकाले अहिलेसम्म नयाँ बिरामी फेला परेका छैनन् । हालसम्म कोरोनाको आशंकामा ४५० जनाको नमुना परीक्षण हुँदा एक जनामा मात्रै संक्रमण पुष्टि भएको हो ।

    रिपोर्ट जे आएपनि जनस्वास्थ्य विज्ञहरु भने नेपाल खतराको सूचीमै रहेको बताउँछन् ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)