News Portal

  • स्वास्थ्य मन्त्रालयकाे निर्देशन- ‘स्वास्थ्यकर्मीलाई बिदा नदिनू’

    रातोपोस्ट संवाददाता
    ४३० पटक

    काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका कर्मचारीलाई बिदा नबस्न आग्रह गरेको छ।

    मन्त्रालयको कर्मचारी प्रशासन शाखाका उपसचिव प्रमोद सिंखडाले शुक्रबार एक सूचना जारी गर्दै स्वास्थ्य संस्थामा कार्यारत स्वास्थ्यकर्मीको बिदा स्वीकृत नगर्न सातै प्रदेश, स्वास्थ्य सेवा विभाग, आयुर्वेदिक तथा वैकल्पिक चिकित्सा विभाग, औषधि व्यवस्था विभाग, संघीय अस्पताल र स्थानीय तहलाई अनुरोध गरेका हुन्।

    शुक्रबार मन्त्रालयको सचिवस्तरको निर्णयले प्रसूति, किरिया बिदाबाहेक अन्य बिदा स्वीकृत नगर्न/नगराउने निर्णय गरेको हो।

    विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसलाई मध्यनजर गर्दै यस्तो निर्णयको उपसचिव सिंखडाले जनाए।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)