News Portal

भ्रष्टाचारविरुद्ध अखिल (क्रान्तिकारी)को अभियान, कुकुर देखि गोरुसम्म टासिए पोष्टर

रातोपोस्ट संवाददाता
१२५९ पटक

वुटवल  । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिवन्धित नेपाल कम्युनिस्ट पार्टी निकट भ्रातृ संगठन अखिल (क्रान्तिकारी) अन्तर्गत लुम्बिनी क्षेत्रीय समन्वय समिति भ्रष्टाचारविरुद्ध आक्रामक रुपमा प्रस्तुत भएको छ ।

भ्रष्टाचारीको मुखसम्म हेर्न नरुचाउने उद्घोष गरेका प्रधानमन्त्री केपी शर्मा ओली स्वयंले नै भ्रष्टाचारका दुई ठुला नाइकेलाई संरक्षण गरेको आरोप लगाउँदै उक्त संगठनले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेल र तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई कारबाही गर्नुको सट्टा उल्टै संरक्षण गरेको आरोपसहित बुधबार बिहानै बुटवलका विभिन्न ठाउँहरुमा कुकुर, गोरुका शरीर तथा सार्वजनिक स्थानमा पोस्टर टाँसेको छ।

यसैगरी लुम्बिनीका ७ जिल्लाहरुमा पोष्टरहरु एकैसाथ टासिएको र थप कार्यक्रमहरु समेत रहेको अखिल (क्रान्तिकारि)ले जनाएको छ ।

बिश्वभर महामारी बनिरहेको कोभिड १९ कोरोना भाईरसबारे सचेतना अभियान समेत सो संगठनले चलाएकोअखिल (क्रान्तिकारि)ले जनाएको छ ।

सार्वजनिक स्थल, विद्यालय लगायतमा हात धुने विधि र कोरोना बिरुद्ध जागरुक रहने तरिकासहित पोष्टर र पम्पलेटहरु बाडेको छ ।

 

प्रतिकृया दिनुहोस्