News Portal

  • ब्रेकिङ:एसईई परीक्षा स्थगित

    रातोपोस्ट संवाददाता
    ५०७ पटक

    काठमाडौं ।भाेलिदेखि देशभर सञ्चालन हुन लागेको एसईई परीक्षा स्थगित भएको छ।

    कोभिड १९)काेराेना भाइरस रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले एसईई परीक्षा स्थगित गर्ने निर्णय भएको जानकारी दिएका छन् ।

    आज अपरान्ह बसेको कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिले एसई परीक्षा स्थगित नगर्ने र सबै परीक्षा केन्द्रमा हेल्थ डेस्क राख्ने निर्णय गरेको थियो ।

    तर लगत्तै बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय समितिको बैठमा नेताहरुले एसईई परीक्षा स्थगित गर्नुपर्ने धारणा राखेपछि  उच्च स्तरीय समिति संयोजक पोखरेलले बुधबार कै निर्णय हुने गरी एसईई स्थगित भएको जानकारी दिएका हुन् ।-अनलाइन खबर

    प्रतिकृया दिनुहोस्