News Portal

प्रचण्डलाई जुत्ता प्रहार गर्ने रतन तिरुवा ५ सय धराैटिमा छुटे

रातोपोस्ट
१३७१ पटक

 

 

 

 

 

 

 

 

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि हालै जुत्ता प्रहारको प्रयास गर्ने रतन तिरुवा आज धरौटीमा छुटेका छन् । तिरुवा प्रचण्डमाथि जुत्ता प्रहारको प्रयासमा पक्राउ परेका थिए ।

उनलाई आजमात्रै काठमाडौं जिल्ला प्रशासन कार्यालयले ५ सय धरौटीमा रिहाई गरिएको हो । रिहाईपछि पत्रकार महासंघका केन्द्रीय सदस्य तथा आफन्त जन्मदेव जैसीले तिरुवाको जिम्मा लिएका छन् ।

गत फागुन १८ गते काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रममा उनीमाथि जुत्ता प्रहार भएको थियो । भरतमोहन स्मृति प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा प्रचण्ड प्रमुख अतिथिका रुपमा राष्ट्रिय सभागृह पुगेका थिए ।

उनलाई मञ्चमै जुत्ता प्रहार गरिएपछि स्थिति तनावग्रस्त बनेको थियो ।

सुरक्षाकर्मीले स्थितिलाई नियन्त्रणमा लिने क्रममा जुत्ता प्रहार गर्नेलाई पक्राउ गरेका थिए । विगतमा पनि प्रचण्डमाथि जुत्ता प्रहार भएको थियो । एक युवकले प्रचण्डमाथि जुत्ता प्रहार गरेका थिए ।

दश वर्षे जनयुद्धबाट राजनीतिक मूलधारमा आएर प्रचण्ड दुईपटक प्रधानमन्त्री भइसकेका छन् । देशकै शक्तिशाली दलका अध्यक्ष रहेका प्रचण्डको सुरक्षाको विशेष व्यवस्था गरिएको छ । जनपाटि

प्रतिकृया दिनुहोस्