News Portal

  • काेराेना भाइरस

    रातोपोस्ट संवाददाता
    ८६८ पटक

    [भाइरस ]
    ***************
    पहिला राणा भाइरस आयो
    हामिले दृढतापुर्बक लडयौं। जित्यौं
    त्यसपछि आयो पञ्च भाइरस
    त्यो सँगपनी लड्यौं, जित्यौं
    अन्तिम आयो राजा भाइरस
    त्यो सँग पनि लडयौं ,जित्यौं
    अहिले पुनः आएको छ संसदिय भाइरस
    यो संगपनी लड्दै छौं
    अबस्य जित्छौँ
    र यो लडाइँ जित्दैनौं मात्र
    सिकाउँछौ धोखेबाज इतिहासलाइ सबक पनि

    ए साथी यतिबेला आयातित कोरोना भन्दा
    लोकल कोरोना घातक छ देशको लागि

    ठिकै छ साबुनले हात धोउला मिनेट मिनेटमा
    सेनिटाइजर घसौला घण्टा-घण्टामा
    हाछिउँ गर्दा रुमालले छोपौला मुख !
    भिडभाडमा नि नजाउला
    माक्स लगाउला …
    जे – जे गर्न पर्छ , त्यही गरौला
    र बचौला आयातित कोरोनासग
    तर ए ! साथी मेरो देशको माटो खाने
    उत्पीडितको आंटो खाने
    लोकल कोरोना सँग कसरी बच्ने
    केही सोचेका छौ?

    लिपुको छातिमा रन्किएको छ
    एक सय चार डिग्री  ज्वोरो
    फुट्ला झैं गरि दुखिरहेछ सुस्ताको टाउको
    मर्चरी र पशुपतिनगरहरु लगातार खोकिरहेछन
    बर्सौँदेखी देश बिरामी छ
    के देशको उपचार गर्नुपर्दैन?

    हिमाल मुत्न सकिरहेको छैन
    तराइ सुत्न सकिरहेको छैन
    न रुन सकेको छ पहाड
    न हास्न सकेका छन मेची र कालिहरु
    देश बिरामि छ
    के देशको उपचार गर्नुपर्दैन ?

    कोभिड उन्नाईस भन्दा खतरानाक छ
    मेरो देशको छातिमा लागेको कोरोना
    कोरोना भन्दा नि जेठो छ मेरो देशको कोरोना
    बर्सौँ देखि देश बिरामी छ
    के देश बचाउनु पर्दैन?

    बि पि बिद्रोही २०७६/१२/६

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)