News Portal

  • निर्भयाका बलात्कारीलाई फाँसी दिइयो

    रातोपोस्ट
    ५०६ पटक

    काठमाडौं : भारतमा निर्भया सामूहिक बलात्कार काण्डका ४ जना दोषीलाई फाँसी दिइएको छ ।

    बलात्कारमा संलग्न अक्षयकुमार सिंह, पवन गुप्ता, विनय शर्मा र मुकेश सिंहलाई दिल्लीस्थित तिहाड जेलमा आज बिहान साढे ५ बजे  फाँसी दिइएको बीबीसीले जनाएको छ ।

    तिहाड जेलका निर्देशक सन्दीप गोयललेका अनुसार साढे ५ बजे ४ जनालाई फाँसी दिइएको हो । सन् २०१२ डिसेम्बर १६  दिल्लीमा गुडीरहेको बसभित्र निर्भयाको सामूहीक बलात्कार भएको थियो।

    निर्भयाको उपचारका क्रममा ज्यान गएको थियो । भारतमा निर्भयाको ज्यान गएपछि अमानवीय घटनाभन्दै चर्को विरोध भएको थियो ।

    निर्भयाकी आमाले लामो समयसम्म न्यायका लागि लडाँइ लडिएको भन्दै आज दोषीलाई फाँसी दिईएपछि अब मार्च २० लाई निर्भया दिवसको रुपमा मनाउने बताएको भारतीय संचारमाध्यामले उल्लेख गरेका छन्।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)