News Portal

राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित

रातोपोस्ट संवाददाता
४२१ पटक

काठमाडौं । राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ । आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक सूचना टाँस गरेर अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको राष्ट्रिय

सभा सचिवालयले जनाएको छ । कोरोना भाइरसको संक्रमण रोक्न सरकारले २५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ।

संक्रमणको जोखिमलाई हेरेर बैठक स्थगित गरिएको संघीय संसदका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए।

 

 

प्रतिकृया दिनुहोस्