News Portal

  • कोरोना भाइरस : प्रभावित देश , इटलीमा मृत्यु हुनेको संख्या बढी

    रातोपोस्ट संवाददाता
    ५८४ पटक

    काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को प्रकोपबाट विभिन्न ८ देशमा सबैभन्दा बढी मानवीय क्षति भएको छ । यसरी १ सय जना भन्दा बढी मानवीय क्षति व्यहोर्ने देशमा चीनसहित इटाली, स्पेन, इरान, अमेरिका, फ्रान्स, बेलायत र नेदरल्याड्स रहेका छन् ।

    यी देशमा पनि सबैभन्दा बढी मानवीय क्षति इटालीले बेहोरेको छ । इटालीमा हालसम्म ४ हजार ३२ जनाको ज्यान गइसक्दा चीनमा ३ हजार २४८ जनाको ज्यान गएको छ ।

    यता स्पेनमा १ हजार ४३, इरानमा १ हजार ४३३, अमेरिकामा २२४, फ्रान्समा ३७२, बेलायतमा १८४ र नेदरल्याण्ड्समा १०६ जनाको मृत्यु भएको छ ।

    हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या विश्वभर ११ हजार १८६ जना पुगेको छ भने संक्रमितको संख्या २ लाख ६५ हजार ९७६ पुगेको छ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)