News Portal

  • ८० जना बोक्ने प्लेन चल्ने, ३० जना बोक्ने बस चल्न नदिने – महासचिव  सिटौला

    रातोपोस्ट संवाददाता
    ४६४ पटक

    काठमाण्डाै । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बसलाई रोक लगाएर जहाजलाई चल्न दिएको प्रति असहमति जनाएका छन ।

    सार्वजनिक बस चल्न प्रतिबन्ध लगाउने तर हवाइजहाज चल्न दिने सरकारी निर्णयको यातायात व्यवसायीहरुले विरोध गरेका छन् ।

    शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको छलफलमा मन्त्री वसन्तकुमार नेम्वाङसँग महासचिव  सिटौलाले असहमति जनाएका छन।

    ‘कोरोना सर्छ भनेर ३० जना यात्रु बोक्ने बसलाई चल्न प्रतिबन्ध लगाइएको छ । तर ८०  जना बोक्ने जहाज निर्बाध रुपमा चल्न पाउने निर्णय सुहाएन । बसमा कोरोना लाग्ने र प्लेनमा नलाग्ने भन्ने हुन्छ ?’ महासचिव सिटौलाले प्रश्न गर्नुभयो ।

    उहाँले सार्वजनिक यातायातले सरकारले तोकेकै भाडामा यात्रुलाई सेवा दिइरहेकाे तर जहाजले चर्को मूल्यमा यात्रु बोकेको भन्दै जहाजको मनोमानी रोक्न माग गर्नुभयो ।

    काठमाण्डौ छाडेर जाने यात्रुको भिड बढ्दै गएकाले सार्वजनिक गाडी चल्न पाउने समय अझै एक/दुई दिन बढाउन पनि उहाँले माग गर्नुभयाे ।

    जवाफमा मन्त्री नेम्वाङले प्रधाममन्त्रीबाटै निर्णय भएको विषयमा आफूले अर्को निर्णय गर्न नसक्ने र कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकमा याे विषय राख्ने आश्वासन दिएकाे महासचिव सिटौलाले बताए।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)