News Portal

भारतबाट फर्किएका दुई जना अस्पताल भर्ना

रातोपोस्ट संवाददाता
७८५ पटक

धनगढी । कोरोना भाइरस संक्रमणको आशंकामा दुई जनालाई महाकाली अस्पताल भर्ना गरिएको छ।

सुदूरपश्चिमको कञ्चनपुरस्थित गड्डाचौकी नाका भएर भित्रिएका दुई जनालाई कोरोना भाइरस संक्रमण भएको हुनसक्ने आशंकामा महाकाली अस्पताल पठाइएको गड्डाचौकीस्थित हेल्थ डेस्ककी अनमी निर्मला जोशीले बताइन।

भारतको राजधानी दिल्लीबाट घर फर्किन लागेका उनीहरुलाई चेकजाँच गर्दा कोरोना भाइरसको आशंका लागेपछि महाकाली अस्पतालमा भर्ना गरिएको हो।

‘उनीहरुलाई महाकाली अस्पतालको आइसोलेसनमा राखिएको अस्पतालका मेडिकल रेकर्डर सुपरभाइजर नारद भट्टले बताए।

भट्टले भने  ‘हामीले धनगढी पठाएका छौँ । धनगढीबाट काठमाडौँ पठाइन्छ’ उनले भने, ‘नमुनाको रिर्पाेट आएपछि मात्रै थप कुरा थाहा हुन्छ ।’ अहिले उनीहरुको नमूना संकलन गरेर स्थास्थ्य जाँचका लागि  पठाउने तयारी भइरहेको छ।

प्रतिकृया दिनुहोस्