News Portal

  • आजदेखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द

    रातोपोस्ट संवाददाता
    ५४५ पटक

    काठमाण्डाै।  कोरोना भाइरस (काेभिड १९) को जोखिम कम गर्न तथा रोकथामका लागि आजदेखि अत्यावश्यक बाहेकका कार्यालय केही दिनका लागि बन्द गरिने भएको छ ।

    कोरोनाको जोखिम कम गर्न आजरदेखि चैत २१ गतेसम्मका लागि अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने सरकारले निर्णय गरेको हो ।

    २५ जनाभन्दा धेरै व्यक्तिलाई एकै ठाउँमा जम्मा नहुन पनि सरकारले आग्रह गरेको छ । अरु सेवा बन्द भए पनि अस्पताल, औषधि पसल तथा स्वास्थ्य सेवा, दैनिक उपभोग्य सामग्रीको बिक्री वितरण, पेट्रोलियम तथा खानेपानीको ढुवानी तथा बिक्री वितरण बन्द हुँदैन ।

    साथै टेलिफोन तथा इन्टरनेट, सञ्चारमाध्यम, बैंक, बीमा, विद्युत् सेवा, र फोहोर ढुवानी तथा विर्सजन, हुलाक सेवा, आन्तरिक तथा सुरक्षा कार्यसँग सम्बन्धित सेवा, मौसम पूर्वानुमान, बाढी पूर्वानुमान तथा पूर्वसूचना सेवा भने बन्द नहुने सरकारले जनाएको छ ।

    अन्तर्राष्ट्रिय हवाई उडान शनिबारदेखि चैत १८ गतेसम्मका लागि बन्द गरिएकाे छ भने आइतबारदेखि लामो दुरीका गाडी पनि नचल्ने सरकारले जनाएको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले गएकाे शुक्रबार देशवासीको नाममा गर्नुभएको सम्बोधनमा भनिएको छ, ‘देशैभर सङ्घ, प्रदेश र पालिकाका सार्वजनिक, सामुदायिक तथा निजी सेवा प्रदायक संस्थाहरूबाट प्रदान गरिने नेपाल राजपत्रमा प्रकाशन गरिए अनुसारका अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवाहरु चैत ९ गतेदेखि चैत २१ गतेसम्म बन्द गरिएको छ ।’

    नेपाल राजपत्रमा उल्लेखित अत्यावश्यक सेवाको सूची : 

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)