News Portal

कोरोना त्रास : आज भारतमा ‘जनता कर्फ्यु’, काँकरभिट्टासहित झापाका सबै नाका ठप्प

रातोपोस्ट संवाददाता
७२२ पटक

एजेन्सी । छिमेकी राष्ट्र भारतमा आज (आइतबार) जनता कर्फ्यु लगाइएको छ । बिहान ७ बजेबाट शुरु भएर राति ९ बजेसम्म जनता कर्फ्यु रहने छ ।

कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि एक दिनका लागि यो व्यवस्था गरिएको हो ।

जनता कर्फ्यु शुरु हुन अगावै पुर्बीसहित नेपालका सम्पूर्ण सीमा नाका शिल गरिएको छ । मध्यराती १२ बजेदेखि नाका शिल गरिएको जनाइएको छ ।

यो घोषणालाई ध्यानमा राखी निजी र सरकारी संस्थाहरुले बन्दको घोषणा गरेका छन् । सम्पूर्ण बजार बन्द रहने छ ।

भारतीय नागरिकलाई कोरोना भाइरस (कोभिड १९) को महामारीबाट जोगाउन यस्तो कदम चाल्नुपरेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बताएका छन् ।

उनले बिहीबार देशवासीको नाममा सम्बोधन गर्दै देशवासीलाई आफैं अलग्गै घरमा बस्न आह्वान गरेका थिए । भारतमा कोरोना भाइरसका कारण पाँच जनाको मृत्यु भएको छ भने, तीन सय ३० जना संक्रमित छन् ।

भारतमा संक्रमितको संख्या दिनानुदिन बढिरहेको छ । प्रधानमन्त्रीले सम्बोधनका क्रममा बजारमा जाने काम नगर्न पनि आग्रह गरेका छन् । पुर्बीनाका काँकरभिट्टामा आजै बिहान देखि नै नाका बन्द रहेकाे छ ।

प्रतिकृया दिनुहोस्