News Portal

  • कोरोनाकाे कारण बिहारमा थप १ जनाको मृत्यु, नेपालतर्फ संक्रमण जोखिम

    रातोपोस्ट संवाददाता
    ३८९ पटक

    एजेन्सी: नेपालसँग जोडिएको भारतको विहार राज्यमा पनि कोरोना भाइरस प्रवेश गरिसकेको छ।

    भारतीय पत्रिका दैनिक जागरणमा प्रकाशित भएको समाचारअनुसार विहारको राजधानी राजेन्द्र मेमोरियल रिसर्च इन्स्टिच्युट पटनामा दुई जना बिरामीको कोरोना परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको पुष्टि भएको छ।

    त्यसमध्ये सङ्क्रमित एक बिरामीको आइतबार मृत्यु भएको छ। स्वास्थ्य विभागका प्रमुख सचिव सञ्जय कुमारका अनुसार मरेका बिरामी अखिल भारतीय मेडिकल साइनस, पटनामा किड्नीको उपचारका लागि गएका थिए।

    तर उनको कोरोना पोजेटिभ भएकै कारण मृत्यु भइसकेको जनाइएको छ। विहारमा अहिलेसम्म कोरोना सङ्क्रमणका बिरामी फेला परेको थिएन।

    त्यसैले विहारसँग जोडिएको नेपालसँगको नाका खुल्ला थियो। बङ्गलामा कोरोना सङ्क्रमणका बिरामी देखा परेसँगै बङ्गाल सरकारले काँकडभिट्टा बाहेक सबै नाका बन्द गरिसकेको छ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)