News Portal

  • भारत र चीनसँगको सबै नाका बन्द गर्ने सरकारको निर्णय

    रातोपोस्ट संवाददाता
    ८९२ पटक

    काठमाडौं: सरकारले भारत र चीनतर्फका सबै सीमा एक हप्ताका लागि पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको छ ।

    आइतबारसाँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले कोरोनाको सम्भावित संक्रमणलाई रोक्नै दुवै छिमेकी मुलुका सबै नाका बन्द गर्ने निर्णय गरेको हो। भोलि विहान १० बजेबाट एक साताका लागि सबै नाका बन्द गरिनेछ।

    बैठकले कोरोना संक्रमणको महामारीविरुद्ध लड्न र संक्रमण भएको खण्डमा उपचार तथा अन्य उपकरण तथा औषधीजन्य सामाग्री सहज गर्न ५० करोड रुपैया विनियोजन गरेर केन्द्रीय राहत कोष खडा गरेको छ।

    सो कोषमा प्रधानमन्त्री र मन्त्रीहरुले एक महिनाको तलब जम्मा गर्ने निर्णयसमेत बैठकले गरेको छ । सबैलाई सो कोषमा सहयोग गर्न सरकारले आह्वान पनि गरेको छ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)