News Portal

कोरोना संक्रमणबाट बच्न राष्ट्रिय युवा संघद्वारा मास्क वितरण

रातोपोस्ट संवाददाता
६७१ पटक

 झापा। विश्वव्यापीरुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट हुनसक्ने जोखिम न्यूनीकरण गर्न  सचेतनाका कार्यक्रमसंगै राष्ट्रिय युवा संघ झापाले मास्क वितरण गरेको छ ।

नेकपा सम्बद्ध राष्ट्रिय युवा संघ झापाले कोरोना भाइरसको संक्रमण फैलिने जोखिमबाट टाढा रहन आव्हान गर्दै आज झापाकाे दमक  बसपार्कमा सर्वसाधारणलाई निशुल्क रुपमा मास्क वितरण गरेको छ ।

संघले पार्टी केन्द्रिय सदस्य देवेन्द्र दाहाल, प्रदेश कमिटी सदस्य  गगन पुरी नेताहरुलाई समेत संलग्न गराएर मास्क वितरण गरेको हो ।

संघका जिल्ला अध्यक्ष शम्भु भण्डारीले बसपार्क परिसरमा १ हजार मास्क वितरण गरिएको जानकारी दिएका छन ।

प्रतिकृया दिनुहोस्