News Portal

मुख्यमन्त्री राईद्वारा पूर्वीनाका निरीक्षण

रातोपोस्ट संवाददाता
१८२५ पटक

झापा। प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले पूर्वीनाका काँकरभिट्टाको सोमबार स्थलगत निरीक्षण गरेका छन् ।

आज पुर्वी नाका अवलोकन गर्न आएका मुख्यमन्त्री राईले तत्कालका प्रदेश भित्रका ६ वटा अस्पतालमा १ सय आसोलेशन बेड तयार भएको र आवश्यकता अनुसार थप गर्दै जाने  बताए ।

नेपाल प्रवेश गर्ने नेपालीहरुलाई अनिवार्य १४ दिन सरकारले ब्यवस्था गरेको क्वारेन्टाइनमा बस्नु पर्ने मुख्यमन्त्री राईले बताएका छन ।

नाका अवलोकन पछि पत्रकारसंग कुरा गर्दै मुख्यमन्त्री राईले बिश्वब्यापी रुपमा फैलिएको कोरोना संक्रमणसंग जुध्न प्रदेश सरकारले तयारी तीब्र पारेको बताउँदै आवश्यकता अनुसार निजि अस्पतालहरुलाई समेत प्रयोग गरि संक्रमितहरुको उपचार गर्ने योजना बनाएको जानकारि दिए ।

संकटका बेला सरकारले तयार गरेका योजनालाई सबै नागरिकले पालना गर्नु पर्ने भन्दै मुख्यमन्त्री राईले मानव जातिलाई  आईपरेको संकटका बेला कसले दुख पाउँछ भन्ने कुरा हेर्न नहुने समेत बताए ।

काेरोनाको जोखिम रोक्न पुर्वी नाकामा भएको तयारी सन्तोसजनक रहेको समेत मुख्यमन्त्री राईले बताए ।

मुख्यमन्त्री राईले संक्रमणबाट बच्न प्रदेश सरकारले ५० लाखको कोष स्थापना गरेकाे स्थानीय सरकारलाई आवश्यक अनुसार सहयोग गर्ने जानकारि दिए ।

प्रतिकृया दिनुहोस्