News Portal

  • एक हप्ता देश लकडाउन : मान्छे घरभित्रै बस्नुपर्ने, जहाज पनि नचल्ने

    रातोपोस्ट संवाददाता
    २५९ पटक

    काठमाडौं : कोरोना भाइरस रोकथासम्बन्धी उच्चस्तरीय समिति बैठकले मुलुकलाई एक साताका लागि लकडाउन गर्ने निर्णय गरेको छ।

    सोमबार साँझ बसेको समितिको बैठकले भोलि मंगलबार बिहान ६ बजेदेखि देशलाई पूर्णरुपमा लकडाउने गर्ने निर्णय गरेको हो ।

    मंगलबार बिहानदेखि एक सातासम्म कोही पनि घर बाहिर निस्कन पाइने छैन।

    लक डाउनका क्रममा सार्वजनिक सवारी साधनदेखि हवाइसेवा पनि बन्द हुनेछन्।

    यसक्रममा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीसहितका अत्यावश्यक सेवाका सदस्यले मात्रै आवतजावत गर्न पाउने छन्।

    लकडाउनका क्रममा अनुमति लिएका मानिस र  सवारी साधनले मात्रै आवतजावत गर्न पाउने बताइएकोछ।

    प्रतिकृया दिनुहोस्