News Portal

बेलायतमा तीन हप्तासम्म लकडाउन, नियम पालना नगर्नेलाई जरिवाना

रातोपोस्ट संवाददाता
५७७ पटक

एजेन्सी। बेलायतका प्रधानमन्त्री बोरिस जोनसोनले कोरोना भाइरस संक्रमण रोक्नका लागि प्रतिबन्धको घोषणा गरेका छन् । बेलायतका जनतालाई घरभित्रै बस्न अपिल गरिएको छ । यद्यपि, अत्यावश्यक वस्तुको किनमेल, स्वास्थ्य उपचार र कुनै अनिवार्य कामका लागि भने छुट दिइएको छ ।

विषम परिस्थितीका लागि अनावश्यक पसल बन्द राख्न भनिएको छ । यसका साथै सार्वजनिक स्थानमा दुईभन्दा बढी व्यक्ति भेला हुन पाउने छैनन् । बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ सय ३५ पुगेको छ ।

यदि सर्वसाधारणले नियम पालना नगरे पुलिसले यस्तो गर्न बाध्य बनाउने छन् । प्रधानमन्त्री बोरिस जोनसोनले डाइनिङ स्ट्रीटबाट टेलिभिजन सम्बोधनमा प्रतिबन्धलाई पालना नगर्नेमाथि जरिवाना तोकिने बताएका छन् । प्रधानमन्त्रीले पुस्तकालय, खेल मैदान, जिमखाना र धार्मिक स्थल बन्द राख्न आदेश दिएको छ।

कसरतका लागि पार्क खुल्ला रहने तर समूहमा मानिसहरु जम्मा हुन सक्ने छैनन् । सरकारले सार्वजनिक कार्यक्रममा पनि प्रतिबन्ध लगाएको छ । विवाह रोकिएका छन् । बोरिस जोनसोनले तीन हप्ता पछि प्रतिबन्धको समिक्षा हुने र स्थितीको हिसाबले निर्णय गरिने पनि जानकारी दिए ।

प्रतिकृया दिनुहोस्