News Portal

  • लकडाउन प्रभाव : काठमाडौंका सडक सुनसान

    रातोपोस्ट संवाददाता
    १३९ पटक

    काठमाडौं। लकडाउन पछि राजधानी काठमाडौंका सडक सुनसान देखिएका छन्। विहान गुडेका सवारीलाई पनि प्रहरीले सम्वन्धित स्थानमै फर्काएको छ।

    काठमाडाैं, ललितपुर र भक्तपुरमा मंगलबार बिहान अत्यावश्यक सेवा सञ्चालनका सवारी साधन बाहेकका सवारी साधन सञ्चालन भएको देखिएन।

    उपत्यकामा मंगलबार बिहानको दृश्य कफ्र्युको जस्तै देखिएको छ। लकडाउन भनेको औषधि उपचार, खाद्यवस्तु खरिद जस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्तिलाई घरबाट ननिस्कन व्यवहारीक रुपमा सरकारबाट भएको आदेश हो।

    नेपालमा कोरोना भाइरसबाट थप एक व्यक्ति संक्रमित भएको पाइएपछि सरकारले आज मंगलबारदेखि एक हप्ताका लागि देशभर ‘लकडाउन’ गर्ने निर्णय गरेको छ।

    उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बसेको कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको सोमबार बेलुका बसेको बैठकले उक्त निर्णय गरेको हो।

    यो क्रममा मानिसहरुलाई घरबाहिर ननिस्कन सरकारले भनेको छ। अत्यावस्यक सवारी साधनबाहेक अन्य सवारी गुडाउन प्रतिवन्ध लगाइएको छ।

    कोही व्यक्तिले अटेर गरेर हिँडडुल गरे सुरक्षाकर्मीले पक्राउ गरी कारबाही गर्नेछ।

    ठाउँठाउँमा हातमा सूचनामूलक सन्देशसहितका प्लेकार्ड बोकेका सुरक्षाकर्मीहरूले सर्वसाधारणहरूलाई घरमै बस्न, अत्यावश्यक काम परेमात्रै बाहिर निस्कन अपिल गरिरहेका छन् ।

    प्रतिकृया दिनुहोस्