News Portal

जिम्बाब्वेमा कोरोनाका कारण टिभी पत्रकारककाे मृत्यु

रातोपोस्ट संवाददाता
५४२ पटक

एजेन्सी। कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणका कारण जिम्बाब्वेमा ३० वर्षीय टेलिभिजन पत्रकार जोरोरो माकम्बाको ज्यान गएको छ ।

उनी कोरोना भाइरसका कारण जिम्बाब्वेमा ज्यान गुमाउने पहिलो व्यक्ति पनि हुन् ।

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि पत्रकार माकम्बालाई गएको बिहीबार अस्पताल भर्ना गरिएको र सोमबार ज्यान गएको जिम्बाब्वेका स्वास्थ्य मन्त्रीले जानकारी दिएका छन् ।

ती पत्रकार निमोनियाका समेत बिरामी थिए । यस्तै गएको वर्ष उनको छातीबाट ट्युमर पनि निकालिएको थियो ।

ज्यान गुमाउने माकम्बाका साथी बिम्बई मुथिनहिरीले भनेकी छिन्,  ‘उनि मेरो भाइ जस्तै थिए र अफ्रिकाको आउँदो पुस्ताको बारेमा खुब ध्यान दिन्थे, तर हामीले उनलाई गुमाएका छौँ ।’

प्रतिकृया दिनुहोस्