News Portal

सरकारको निर्णय: सीमामा रहेका नेपालीलाई प्रवेश गर्न दिइने

रातोपोस्ट संवाददाता
७६१ पटक

काठमाडौं । नेपाल भारत सीमामा अलपत्र परेका नेपालीलाई सरकारले नेपाल प्रवेशमा दिने भएको छ ।

मंगलवार सिंहदरवारमा बसेको कोरोना रोकथाम उच्चस्तरीय समितिको बैठकले भारतबाट नेपाल आएका तर प्रवेश गर्न नपाएका उनीहरुलाई प्रवेशको अनुमति दिने निर्णय गरेको हो ।

कोरोनाको संक्रमण थप जटिल नहोस भन्नका लागि सरकारले यसअघि सीमा बन्द भइसकेपछि सीमा आएका उनीहरुलाई नेपाल प्रवेश गर्नका लागि रोक लगाइएको थियो ।

भारतबाट आएका धेरै नेपालीहरु अवरोध पछि सीमानामा रोकिएका थिए ।  त्यसै कुरालाई लिएर सीमा नाकामा प्रहरी र उनीहरुबीच तनाव समेत उत्पन्न समेत हुने गरेको थियो ।

नेपाल प्रवेश गर्न दिइएपनि उनीहरुलाई १४ दिन अनिवार्य क्यारेन्टाइनमा बस्नुपर्ने जनाइएको छ ।

प्रतिकृया दिनुहोस्