News Portal

  • भारतमा २१ दिन लामो लक डाउन, आज मध्यराति १२ बजेबाट लागू हुने

    रातोपोस्ट संवाददाता
    २५४ पटक

    काठमाडौं । कोरोना भाइरसको बढ्दो संक्रमणबढेसँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशमा २१ दिन लामो लकडाउन घोषणा गरेका छन् । मंगलबार साँझ विशेष सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले जनता कर्फ्यू भन्दा पनि कडा किसिमको लकडाउन घोषणा गरेका हुन् ।

    मोदीले राष्ट्रको नाममा सम्बोधन गर्दै हिन्दुस्तान बचाउनका लागि आज राति १२ बजेदेखि देशमा पूरै लकडाउन गरिनेछ भनेका छन् ।यो जनता कर्फ्यू भन्द कडा हुनेछ । उनले  भने यो २१ दिन लामो हुनेछ। घरबाट बाहिर निस्किने कुरा २१ दिनका लागि कल्पना पनि नगर्न मोदीले चेतावनी दिएका छन् ।

    २१ दिन नसम्हालिने हो भने तपाईंको देश भारत र तपाईंको परिवार २१ वर्ष पछि पर्नेछ मोदीले बताएका छन् ।

    प्रधानमन्त्री मोदीले विश्वका शक्तिशाली देशलाई पनि कोरोनाले थला पारेको बताउँदै भारतसँग यसबाट बच्न अर्को कुनै विकल्प नरहेको बताएका छन् ।

     

    प्रतिकृया दिनुहोस्