News Portal

  • बंगलादेशको सीमामा विद्यार्थी अलपत्र

    रातोपोस्ट
    ६९५ पटक

     

     

     

     

     

     

     

     

     

     

    दिल्ली । भारतले आज देशभर राष्ट्रिय लकडाउन घोषणा गरेको छ । जसको असर सीमापार मुलुकबाट भारत भित्रिने भारतीयहरुलाई परेको छ ।

    बंगलादेशबाट भारत आउन लागेका करिब १ सय चिकित्सा विद्यार्थीहरु बंगलादेश-भारत सीमामा अलपत्र परेका छन् । उनीहरुलाई भारत प्रवेश गर्न दिइएको छैन ।

    बेनापोल सुख्खा बन्दरगाहका उपनिर्देशक मोहम्मद ममुन कबिर तारफ्देरले बीबीसीलाई भने, “बंगलादेशले विद्यार्थीलाई त्यहाँबाट जान आदेश गरेको छ । तर, भारतीय अधिकारीहरु उनीहरुलाई प्रवेश गर्न दिएका छैनन् ।”

    कोरोना भाइरसको संक्रमण नियन्त्रणको प्रयासस्वरुप बंगलादेशका सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द गरिसकेको छ ।

    सीमामा अलपत्र परेका करिब सय विद्यार्थी भारत प्रशासित काश्मीरका रहेको ममुनले जानकारी दिए ।

    उनले भने, “यहाँ अलपत्र परेका सबैसँग भारतीय पासपोर्ट छ, वैधानिक भिसा छ । त्यसकारण यस्तो अवस्थामा के गर्ने भन्‍ने हामी अन्योल छौं ।”  बीबीसी

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)