News Portal

चिनिया डाक्टरहरुलाई इटालीमा राष्ट्रिय गान बजाएर स्वागत

रातोपोस्ट संवाददाता
५६८ पटक

एजेन्सी। इटाली पुगेको चिनिया डाक्टरहरुलाई इटालीको राष्ट्रिय गान बजाएर स्वागत गरिएकाे छ ।

पछिल्लो समय इटाली कोरोना संक्रमणबाट सर्वाधिक प्रभावित देश बनेको छ ।

चीनमा भन्दा पनि धेरै संख्यामा इटालीकामा कोरोना संक्रमणका कारण मृत्यू भईसकेको छ ।

कोरोना भाइरसका कारण अत्यन्त प्रभावित इटालीमा यस रोगको सङ्क्रमणका कारण ६ हजार ८२० जनाको मृत्यु भएको छ ।

हाल ६९ हजार १७६ जना सङक्रमित रहेका छन् । अमेरिका लगायत पश्मिा विश्वमा यो संक्रमणले आम जीवन त्रस्त बनेको छ भने राज्यालाई संक्रमण नियन्त्रण गर्न हम्मे हम्मे परेको छ ।

चीनले संक्रमण विरुद्ध प्रभावकारी कदम चालेर संक्रमणलाई न्युनतम बिन्दुमा झारेपछि चिनिया स्वास्थयकर्मीहरुले र संक्रमण नियन्त्रणमा चीनले चालेको कदमको चारैतिर  तारिफ भैरहेको छ ।

अहिले चिनिया स्वास्थ्यकर्मीहरु विश्वका अन्य संक्रमणको महामारी फैलिएका देशहरुमा गएर संक्रमण नियन्त्रणमा सहयोग गर्न पुगेका छन् ।

इटालीमा राष्ट्रिय गान बजाएर चिनिया स्वस्थकर्मीलाई स्वागत गरिएकाे थियाे । इटालीमा  ३ सय स्वास्थकर्मी र ठुलो मात्रमा स्वास्थ्य सामाग्रीसहित चिनिया टोली पुगेको थियो ।

प्रतिकृया दिनुहोस्