News Portal

  • सहारा नेपालले क्वारेन्टाइनलाई २० लाखको खाद्यान्न सहयाेग गर्ने

    रातोपोस्ट संवाददाता
    ४९५ पटक

    झापा । सहारा नेपालले  क्वारेन्टाइनमा राखिएका व्यक्तिको लागि खाद्यान्न उपलब्ध गराउने भएको छ ।

    नोवल कोरोना भाइरस (कोभिड १९) को आशंकामा आफ्नो कार्यक्षेत्रभित्र रहेका क्वारेन्टाइनमा २० लाखकाे खाद्यान्न उपलब्ध गराउने भएकाे छ ।

    संस्थाका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले सहारा नेपालकाे कर्मचारी मानवीय कोषबाट २० लाख रुपैयाँ बराबरको खाद्यान्न उपलब्ध गराइने बताएका छन ।

    प्रदेश नम्बर १ मा संस्थाको कार्यक्षेत्र झापा, इलाम, मोरङ, सुनसरी र उदयपुर जिल्ला रहेकाे यस कार्यक्षेत्रमा रहेकाे क्वारेन्टाइनका लागि खाद्यान्न उपलब्ध गराउने भएको हाे ।

    जिल्लामा रहेका विपद व्यवस्थापन समितिको समन्वयमा  खाद्यान्न उपलब्ध गराउने निर्णय भएकाे कार्यकारी प्रमुख गिरीले बताए ।

     

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)