News Portal

कोरोना भाइरसको संक्रमण अमेरिकामा बढ्दै, एकैदिन १० हजार बिरामी थपिए

रातोपोस्ट संवाददाता
९२८ पटक

काठमाण्डौ । अमेरिकामा एकैदिन १० हजारभन्दा बढी कोरोना भाइरस (कोभिड १९) का सङ्क्रमित थपिएका छन् । योसँगै अमेरिकामा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ६८ हजार २ सय  ३ पुगेको छ ।

त्यस्तै भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १  हजार २७ पुगेको छ । पछिल्लो २४ घण्टामा दुई सय ४७ जनाले ज्यान गुमाएका हुन् ।

कोरोना भाइरसबाट सङ्क्रमित हुने सङ्ख्याको आधारमा अमेरिकामा तेस्रो नम्बरमा पुगेको छ । चीन र इटलीपछि सबैभन्दा धेरै सङ्क्रमित अमेरिकामा देखिएका हुन् ।

अमेरिकाको न्युयोर्क शहरका गभर्नरले शहरमा सङ्क्रमण रोक्न कडा कदम उठाइएको र त्यसको प्रभाव पनि देखिएको बताएका छन् । उनका अनुसार कोरोना भाइरसबाट सङ्क्रमित भएर अस्पताल पुग्नेको सङ्ख्या घटेको छ ।

अमेरिकामा कोरोना भाइरसका सबैभन्दा बढी सङ्क्रमित न्युयोर्कमा देखिएका छन् । जहाँ कोरोना सङ्क्रमितको सङ्ख्या ३० हजारभन्दा बढी छ ।

प्रतिकृया दिनुहोस्