News Portal

अस्वस्थ भएपछि प्रधानमन्त्री ओलीलाई राति नै अस्पताल लगियाे

रातोपोस्ट संवाददाता
४२३ पटक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् ।

बिहीबार राती ११ बजे प्रधानमन्त्री ओलीले असहज महसुस गरेपछि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको अस्पताल स्रोतले जनाएको छ ।

ओलीको स्वास्थ्यस्थिति के कस्तो छ भन्ने बारे उनको सचिवालय र अस्पताल स्रोतले केही खुलाएको छैन् ।

ओली गत फागुन ३० गते सोही अस्पतालबाट दोस्रोपल्ट मिर्गौला प्रत्यारोपण गरि ११ दिनमा बालुवाटार फर्किएका थिए ।

उनलाई डिस्चार्ज गर्ने समयमा चिकित्सकले उनी अझै पनि संक्रमणको जोखिममा रहेको भन्दै कडा सावधानी अपनाउन भनेका थिए ।

तर बालुवाटार फर्किएलगतै ओलीले राजनितिक भेटघाटलाई तीव्रता दिएका थिए ।

प्रतिकृया दिनुहोस्