News Portal

  • कमल गाउँपालिकाले स्थापना गर्‍यो १० लाखको कोरोना राहत कोष

    रातोपोस्ट संवाददाता
    ९०९ पटक

    झापा। कमल गाउँपालिकाले कोरोना भाइरस (कोभिड-१९) उपचार कोषको स्थापना गरेको छ ।

    गाउँपालिका अध्यक्ष मेनुका काफ्लेकाे अध्यक्षतामा बुधबार बसेको बैठकले १० लाखको आपतकालीन कोषको स्थापना गरेको हो ।

    विश्वभर महामारीको रुपमा फैलिएको कोरोना नियन्त्रणका लागि विशेष अभियान सञ्चालनका लागि कोषको स्थापना गरिएको गाउँपालिका अध्यक्ष मेनुकाले बताइन  ।

    गाउँपालिकाले स्थापना गरेको कोषमा गाउँपालिकामा कार्यरत स्वास्थ्य शाखाका कर्मचारीहरु बाहेकले चैत महिनाको तलबको १० प्रतिशत रकम जम्मा गर्ने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठले जानकारी दिएका छन ।

    उपचार कोषमा सहयोग गर्न चाहनेहरुकाे लागि एनएमबी बैङ्कमा  खाता नम्बर ०६४००५८१९६४००८ मा रकम गम्मा गर्न सकिने प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठ बताए ।

    उक्त कोषमा जनप्रतिनिधिको सेवा सुविधाबाट १० प्रतिशत रकम पनि जम्मा हुने जनाइएको छ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)