News Portal

बिएन्डसी अस्पताललाई कोरोना उपचार केन्द्र बनाउन दिने दुर्गा प्रसाईंको घोषणा

रातोपोस्ट संवाददाता
१४२९ पटक

बिर्तामोड।  झापा स्थित बिएन्डसी टिचिङ हस्पिटललाई कोरोना भाइरस (कोभिड-१९) संक्रमित बिरामीको उपचारका लागि अस्पताललाई कोरोना उपचार केन्द्र बनाउन दिने घोषणा गरिएको छ ।

अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले शुक्रबार विज्ञप्ति निकालेर कोरोना भाइरस संक्रमित बिरामीको उपचारका लागि अस्पताललाई कोरोना उपचार केन्द्र बनाउन दिने घोषणा गरेका हुन ।

सो अस्पतालमा १ सय वटा आईसीयू, २५ वटा भ्याडिलेटर, १ सय ५ जना डाक्टर, नर्ससहित ९ सय जना कर्मचारी रहेका छन् ।

उनले चिकित्सकलाई तलब लगायत सबै कुराको व्यवस्था गरे सरकारलाई आवश्यकता भएको दिनसम्मलाई अस्पताल दिन तयार रहेको बताएका छन् ।

कोरोना भाइरसको महामारी फैलिँदै गएको र सरकारी अस्पतालले मात्र संक्रमितको परीक्षण र उपचार गर्न सम्भव नदेखिएपछि प्रसाईंले यस्तो निर्णय गरेका हुन् । नेपालकै नमुना, अत्याधुनिक तथा सुविधासम्पन्न सो अस्पताल चार वर्षयता मेडिकल कलेजको सम्बन्धनको पर्खाइमा छ ।

प्रतिकृया दिनुहोस्