News Portal

बेल्जियमबाट आएकी अर्की युवतीमा पनि देखियो कोरोना, संक्रमितको संख्या ५ पुग्यो

रातोपोस्ट संवाददाता
४६५ पटक

काठमाण्डौ। नेपालमा थप एक व्यक्तिमा कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण देखिएको छ ।

नेपालमा कोरोनाका पाँचौ संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.  विकास देवकोटाका अनुसार बेल्जियमबाट काठमाडौं आएकी युवतीमा कोरोना देखिएको हो।

देवकोटाले शनिबार दिउँसो पत्रकारसम्मेलन गरी बेल्जियमबाट कतार हुँदै काठमाडौं आएकी २२ वर्षीया युवतीमा कोरोना भाइरस पुष्टि भएको बताए।

देवकोटाका अनुसार ती युवती चैत ४ गते (१७ मार्च) मा कतार एयरवेजको क्युआर ६५२ फ्लाइटबाट नेपाल आएकी हुन् ।

प्रतिकृया दिनुहोस्