News Portal

मोदीले मागे माफी

रातोपोस्ट संवाददाता
४२७ पटक

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना रोक्न लकडाउन बाहेक अन्य विकल्प नरहेकाले देशका गरिब जनतासँग माफी मागेका छन् ।
आफ्नो नियमित रेडियो सम्बोधन ‘मनकी बात’ मा बोल्दै मोदीले आम जनतालाई लकडाउनबाट भएको दुखप्रति माफी मागेका हुन् ।

उनले भने, ‘कोरोनाको संकटम भयंकर ठुलो संकट हो । हुनसक्छ हामीले चालेका कदमबाट कैयौ जनता दुखि होलान् । मैले सबैको दुख बुझेको छु । कोरोनाविरुद्ध जित हासिल गर्न यो कदम बाहेक अन्य बाटो नै छैन । तपाइँहरुलाई जुन दुख भएको छ, यसको लागि म माफी माग्दछु ।’

मोदीले अमेरिकामा पछिल्लो २४ घण्टामा ४५३ जनाको मृत्यु भएको भन्दै यसले नकुनै मौसम देख्छ न कुनै क्षेत्र, यसले दुनियालाई कैद गरेर राखेको बताए ।

कसैले लकडाउन तोड्न खोजेको भन्दै मोदीले कोरोनाको महामारीको स्थितिलाई गम्भीर रुपमा नलिएको बताउदै लकडाउन तोडेमा कोरोनाबाट बच्न मुश्किल हुने चेतावनी समेत दिए ।

भारतमा कोरोनाको महामारी रोकथाम रोक्न सरकारले प्रयास गरिरहेको बताउदै मोदीले सामाजिक दुरी कायम राख्न सबैलाई अपिल गरेका छन् ।

भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या एक हाजर २९ पुगेको छ भने अहिलेसम्म २५ जनाको मृत्यु भएको छ । भारतीय प्रधानमन्त्री मोदीले २५ मार्च देखि २१ दिनका लागि देशभर लकडाउनको घोषणा गरेका छन् ।

प्रतिकृया दिनुहोस्