News Portal

  • थप ८ दिन लकडाउन गर्ने सरकारको निर्णय

    रातोपोस्ट संवाददाता
    २९५ पटक

    काठमाडौँ। सरकारले थप ८ दिनका लागि लकडाउन अवधि बढाउने निर्णय गरेको छ ।

    आइतबार दिउँसो बसेको मन्त्रिपरिषदको बैठकले कोरोना भाइरस संक्रमण रोकथाम, उपचार तथा नियन्त्रण उच्चस्तरीय समितिले सिफारिस गरेको निर्णयलाई मन्त्रिपरिषदले अनुमोदन गरेको हो ।

    आजै समितिको बैठकले सरकारलाई लकडाउनको अवधि बढाउन सिफारिस गरेको थियो । कोरोना संक्रमणको जोखिमलाई कम गर्न सरकारले लकाडाउनको समय बढाउने निर्णय गरिएको जनाइएको छ ।

    सरकारले कोरोना भाइरसको जोखिम न्यूनीकरणको उद्देश्यका साथ गत चैत ११ गते बिहान ६ बजेदेखि लागू हुनेगरी एक साता लकडाउनको घोषणा गरेको थियो । सो लकडाउनको समयावधि चैत १८ गते बिहान ६ बजेदेखि सकिँदैछ । त्यसपछि पनि थप ८ दिन लकडाउन हुनेछ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)