News Portal

काठमाडौंका दुई अस्पतालमा ३ जनाको मृत्यु, कोरोना परीक्षण हुँदै

रातोपोस्ट संवाददाता
६२२ पटक

काठमाडौं । काठमाडौंका दुई अस्पतालका मृत्यु भएका तीन जनाको नमुना राष्ट्रिय जनस्वाथ्य प्रयोगशालामा परीक्षण भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सोमबार पाटन अस्पतालको आईसीयूमा उपचाररत एक जनाको मृत्यु भएको बताए । उनको नमुना राष्ट्रिय जनस्वाथ्य प्रयोगशालामा परीक्षण भइरहेको डा. देवकोटाले जानकारी दिए ।

“आजै वीरमा दुईजनाको मृत्यु भएको छ जसमा एकजना कालीमाटी बस्ने भारतीय नागरिक छन्,” उनले भने “तीनैजनाको राष्ट्रिय जनस्वाथ्य प्रयोगशालाबाट रिपोर्ट आएपछि सार्वजनिक गर्नेछौँ ।”

बुटवलको क्वारेन्टाइनमा मृत्यु भएका दुबईबाट आएका ३४ वर्षका पुरुषको  कोरोना परीक्षणको रिपोर्ट भने नेगेटिभ आएको छ ।

प्रतिकृया दिनुहोस्