News Portal

काङ्ग्रेस नेता खत्रीद्वारा ३०० घरपरिवारलाई हातधुने साबुन बितरण,निशुल्क एम्बुलेन्स सेवा

रातोपोस्ट संवाददाता
१३५९ पटक

रामेछाप ।नेपाली कांग्रेसका स्थानीय नेता एवम् समाजसेवि खिलेन्द्र खत्रीले मन्थली नगरपालिका वडा नम्बर १२ का करिब ३०० घरधुरीलाई Covid-19(काेराेना भाइरस)बारे सचेतना जगाउँदै हातधुने साबुन वितरण गरेका छन्।


विश्वभर फैलिएको काेराेना भाइरसकाे महामारीबाट बच्न अनिवार्य साबुनपानीले हात धुनुपर्ने भन्दै खत्रीले जनचेतनामूलक कार्यक्रम गरेको बताएका छन्।खत्री गत स्थानीय निर्वाचन ताका नेपाली कांग्रेसका प्रत्याशी उम्मेदवार समेत हुन्।
खत्रीले आफ्नो ब्यक्तिगत खर्चमा उक्त कार्यक्रम गरेको र आफुहरुले यश नगर क्षेत्रमा काेहि बिरामि परे काठमाडौं सम्म निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भन्दै उक्त सुचना जनताको माझ सम्म पुर्याउन उक्त कार्यक्रमकाे तय गरिएको बताए ।


यता नेपाली काङ्ग्रेस महासमिति सदस्य तथा प्रतिनिधि सभाका प्रत्यासी पुर्ण बहादुर तामाङ (कान्छाराम)ले जिल्लाका कुनैपनि बिरामीलाई उपचारका लागि काठमाडौ लैजानु परेमा एम्बुलेन्स खर्च र चालक भत्ता समेत बेहाेर्ने बताएका छन् ।
कोरना भाईरसको संक्रमणबाट हुन सक्ने प्रभावलाई राेक्नका लागि केहि दिनदेखि देशभर सरकारले लकडाउन लागू गरेकाे छ । साे लकडाउनकाे समयमा रामेछाप जिल्लामा काेराेना संक्रमण भएर बिरामी परेका तथा अन्य कुनैपनि किसिमकाे बिरामी परेर उपचारका लागि काठमाडौ लैजानु पर्ने भएमा रामेछापदेखि काठमाडौंसम्मकाे एम्बुलेन्स खर्च तथा चालक भत्ता आफुले ब्यक्तिगत रुपमा बेहाेर्ने तामाङले बताएका छन् ।
लकडाउनका बेला एम्बुलेन्स नपाएर कुनैपनि बिरामीकाे उपचार गराउन अस्पताल सम्म लान समस्या भएमा सिधै सम्पर्क गरेर एम्बुलेन्स बाेलाउन सक्ने तामाङले बताए । बिपत्तिको समयमा सकेकाे सेवा सबैले सबैलाई गराैँ भन्दै उनले समस्यामा परेकालाई अाफुले सकेकाे सहयाेग गर्ने प्रतिबद्धता गरे।

यस‌ैगरी मन्थली नगरपालिका वडा नम्बर १२ मा सञ्चालनमा रहेको एम्बुलेन्सबाट पनि निशुल्क सेवा लिन सकिने गेलु चनखु एम्बुलेन्स सेवा समितिद्वारा सञ्चालित एम्बुलेन्स उपलब्ध गराउने समितिका अध्यक्ष खिलेन्द्र खत्रीले बताए ।उनले आपतकालीन अवस्थामा जस्तोसुकै सेवा गर्न तयार रहेको भन्दै काेहि बिरामी परे ९८५४०४५६२३सचिव-दिनेश खड्का ९८५१०२२५५१ र चालक-सुवास खड्काकाे ९८१८९६८०९ नम्बरमा समेत सम्पर्क गर्न सकिने बताएका छन्।

प्रतिकृया दिनुहोस्