News Portal

प्रधानमन्त्रीलाई जेलबाट मार्मिक पत्र-सरकार हामी मान्छेमाथि मान्छे चाङ लाएर सुतेका छाैँ।

रातोपोस्ट
७३४ पटक

जेलबाट प्रधानमन्त्रीलाई खुला पत्र
मिति: २०७६-१२-२२
श्री सम्माननीय प्रधान मन्त्री खडकप्रसाद शर्मा वली ज्यू,
प्रधानमन्त्रीको कार्यालय सिंहदरबार काठमाडौ, नेपाल

विषय : ध्यानाकार्षण सम्बन्धमा ।

महोदय,

हाम्रै देशको उत्तर तिर हिमाल पारी पट्टीको छिमेकी देश चीनको वुहानबाट फैलिएको नोवेल कोरोना भाईरस (covid-19)ले हाम्रो युगको मानव समाजलाई विश्वव्यापीरुपमा काल बनेर फैलिएको छ । हाल सम्म विश्वको २०३ भन्दा बढी देशमा महामारी देखिएको छ भने ६० हजार भन्दा बढिको ज्यान लिइसकेको छ । विश्वका सबै कुनामा covid-19 ले चुनौति दिदै निर्वाचित प्रस्तर काल बनेर फैलिएको छ । ८ लाख भन्दा बढि नागरिकहरु संक्रमित भएको अवस्था छ । यो संसारलाई नै संक्रमित गरेर मानव जीवनको दुस्मन बनेको छ । सबै वर्ग र जातिका मानिसलाई भेदभाव नगरिकन आफ्नो सिकार बनाइरहेको छ । वास्तवमा यतिबेला अयखष्म–ज्ञढ को मुख रगतले लतपतिएको छ । यो भाइरसको विरुद्धको लडाइमा संसारमा मानवजातिहरु एक ढिक्का हुन आवश्यक छ । हाम्रो देशमा यतिबेला लकडाउन गरिएको छ र प्रत्येक देशका नागरिकले एउटा रणमैदानमा उत्रेको शैनिकले जस्तै गरि सरकारको आदेशलाई अक्षरस पालना गर्नुपर्दछ ।
हामी प्रत्येक नागरिकले आफ्नो जीवन वर्वाद गर्ने कोरोनारुपी राक्षसको विरुद्ध उत्रन आवश्यक छ । सैन्य कमान्डमा सिक्यूको महत्व जति हुन्छ त्यो भन्दापनि खरो रुपमा सरकारले यो भाइरसको विरुद्धमा सिङ्गो देशलाई उतार्न सक्षम हुनुपर्दछ । यो मोर्चाको अग्रगतीमा रहेर अहोरात्र खट्नुहुने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र स्वयमसेविकाहरुमा सलाम दिनुपर्दछ । आफैले आफैलाई कमाण्ड गरेर आफैलाई कैद गर्नु आफ्नै निवासमा बस्नु नै तत्कालकालागि मुख्य हतियार हो । यो अवस्थामा सम्मानिय प्रधानमन्त्रीज्यु र सिङ्गो मन्त्रीमण्डलहरुलाई धन्यबाद दिनुपर्दछ । यो मोर्चा जित्नको लागि अझै कडा सामना गर्न आफैलाई तयार पार्नुपर्दछ । स्मरण गरौ हामीले जुनसुकै आदेशको पालना गरेर यो अयखष्म–ज्ञढ लाई जित्नुपर्दछ ।
हामीले चीनिया जनताले देखाएको अनुशासनबाट सिकौ यतिबेला व्यक्तिगत स्वार्थ, इज्जत र रहरहरुलाई तिलाञ्जली दिन सकौं । आफू बचौं र बचाऔं बाँचेपछि प्रियजनसँग रमाइलो गर्ने मौका आउनेछ । घरमै बसौ, एक्लै रमाऔ त्यो रमाइलो भेटघाटको मिठो प्रतिक्षा धैर्यतापूर्वक गरौ, यहि नै आजको आवस्यकता हो । हामीलाइ थाहा छ १४ आँै सताब्दीको मध्यतिर फैलिएको (व्ल्याडेथ) नाम गरेको महामारी रोगले विश्वको आधा जनसंख्यालाई आफ्नो सिकार बनाएको थियो । ४५ करोड मध्ये २० करोडको ज्यान गएको थियो । सन १९६८ मा हङकङमा देखिएको यो भाईरसले १७ दिन मै विश्वका अनेकौं देशहरुमा फैलिएको थियो । मृत्युदर निकै कम ०.५ प्रतिशत भएर पनि यो भाइरसबाट १८ लाख भन्दा बढीको ज्यान गएको थियो । सन १९१० देखि ११ मा कलकताबाट फैलिएको हैजाले त्यतिबेला भारतमा मात्र ८ लाख भन्दा बढिको ज्यान गएको थियो भने मध्यपूर्व, उत्तरी अफ्रिका, युरोप र अमेरिकामा महामारी रुप लिएको थियो । सन २००२ को नोभेम्वरमा ग्योङडोम प्रान्तबाट सुरुभएको सिजियर क्युर रेस्पाइरेटरी सिन्ड्रोम (सार्स) बाट नै ९ महिनामा विश्वभर ८ हजार ७४ जना संक्रमित भएकोमा ७७४ जनाले ज्यान गुमाएका थिए । सन २००९ मा अमेरिकामा इन्फुलुन्जा ए(ज्ज्ञल्ज्ञ)भाइरस पत्ता लाग्यो र यो तुरुन्त विश्वभर फैलियो । लाखौ मानिस यसबाट प्रभावित भए पनि  अमेरिकामा जम्मा १२,४६९ जनाको मृत्यु भएको थियो भने विश्वभरको १४ हजारको ज्यान गएको थियो । सन १९५६ बाट सुरु भएको रसिएन फ्लुले मात्र करिब २० लाखको ज्यान गएको थियो । यो भाइरस पनि चीनको बुङझाउ प्रान्तबाट फेलापरेको थियो । २ बर्ष भित्र सिंगापुर,हङकङ र अमेरिका सम्म पुगेको थियो । अमेरिकामा मात्र यसबाट झण्डै ७० हजारको ज्यान गएको थियो । सन १९७३ मा डेमोक्रेसि रिपब्लीक कङगोमा पहिलो पटक पहिचान भएको एच.आइ.भि (एड्स) वास्तव मै डरलाग्दो महामारी थियो । १९८१ यता मात्र यो रोगबाट ३ करोड ६० लाख मानिसले ज्यान गुमाइसकेका छन्  र ३ करोड मानिस यो रोगबाट अहिले पनि संक्रमित छन् । अहिलेसम्म दारु रोगको औषधि पत्ता लागेको छैन ।
सन १९१८–१९२० बिचमा स्पेनिस फ्लु भनिने इन्फुलुन्जाको भयानक महामारी फैलिएको थियो यद्यपी यो स्पेनबाट आएको थिएन, यो भाइरसबाट विश्वको एक तिहाइ जनसंख्या संक्रमित भएको थियो । यसबाट ५ करोडभन्दा बढिको ज्यान गएको थियो । यसको मृत्युदर २० हजारभन्दा बढि थियो । सन १९८९ मा रसियन फ्लु नामको महामारीले लाखौको ज्यान लिएको थियो । यसको सुरुवात साईवेरियाबाट भएको थियो । पछि मस्को हुँदै कजस्थान,इङल्यान्ड, पोल्यान्ड, युरोप, अफ्रीका र अमेरिका सम्म फैलिएको थियो । यो संक्षिप्त जानकारीका लागि मात्र हो, किनकी अयखष्मज्ञढ  ले यो विश्वमा अझै कयौ लाख मान्छेलाइ संक्रमण गर्न र हजारौको ज्यान लिने निश्चित छ । सिङ्गो विश्वलाई नै छोप्ने गरी ५ महिनामा जसरी आकार लियो, यो निकै खतरनाक छ । यसबारे गम्भीर हुन र यसको संक्रमणबाट बच्न कुनै कसुर बाँकी राख्नुहुदैन । मैले माननिय श्री गगन थापाले तपाईलाई लेखेको पत्र पनि हेरे । यतिबेला यो कोरोना भाइरस को विरुद्ध लड्न काे सत्तापक्ष र को प्रतिपक्ष भन्ने होइन सबै एउटै लक्ष्य र स्वार्थका साथ काेराेनाकाे विरुद्दको मोर्चामा एकजुट हुनुको विकल्प छैन ।

प्रधानमन्त्री ज्यू हामी विभिन्न कारण र परिबन्धनले जेलमा बन्दी जीवन बिताउदै छौं । आज कोरोना भाइरसले देशलाइ नै जेल बनाइदिएको छ । त्यसभित्रका परम्परावादी जेलभित्र हामीले प्रायस्चीतपूर्ण दिन काट्दै बन्दीहरुसँग सति गइरहेका छौं । यो जेलजीवनले जिउदा कलंकका लासहरुमा बदलिइको छ । जेल, अभाब, समस्या र पिडाले मात्र थलिएको छैन बरु कोरोना भाइरसको त्रासले त्रासदिपूर्ण आतंकले मुटु नै कापेको छ । जेल भित्र सडेर मर्नुप¥यो भने  के होला ? दशौ पुस्ताको लागि श्राप दिने कलंकको पात्र हुन कसलाइ पो रहर हुन्छ र ? तपाई पनि एउटा राजबन्दी भएर १४ बर्ष जेलजीवन बिताएको दुर्लभ नेता हो । तपाई अहिले यो समयको  शक्तिशाली प्रधानमन्त्री हो । यो देशले २०७२ को महाभुकम्पको दर्दनाक पीडामा १७ जना बन्दीहरुको एउटै चिहान हुुँदा पनि बाँचेका बन्दीहरुको बारेमा केही सोचेन । देश सङ्घीय, लोकतान्त्रीक गणतन्त्रात्मक संविधान नयाँ दस्तावेज तयार गर्दापनि बन्दीहरुका मूलुकी आचार संहिता लागू गरेपछि त झन पुराना कतिपय मुद्धाका कैदिहरुले थप सजाए काट्नुपर्ने दुःखद स्थिती विद्दमान छ । अझ आज संसार भरि नै कोरोनाको महामारी छ, कयौं मुलुकहरुले र हाम्रो छिमेकी मुलुक भारतले समेत आफ्नो देशका कैदिहरुलाई विभिन्न शीर्षकमा (जमानत र पैरल) गरी ५० हजार भन्दा बढीलाई जेलमुक्त गरेको छ । हामी ६० जनाको क्षमता भएको जेलमा ३५० भन्दा बढीको संख्यामा खांदिएर बसेका छौं । देशका सबै कारागारका हालतहरु उस्तै दर्दनाक छन् । यस्तो अबस्थामा राज्यले कुनै भरपर्दो सर्त र निगरानीमा कैदीहरुलाई मुक्त गर्ने कानुनी बाटो खोज्न सम्भब छैन र ? “एउटै घरका सदस्यविचमा समेत ३ फीटको दुरी कायम गरी रहने विश्व स्वाश्थ्य संगठनको निर्देशन छ ।” हामी भने मान्छे माथि मान्छे चाङ लागेर दैनिकी कटाइरहेका छौं । के यो जोखिमपूर्ण अवस्था होइन , के हजारौ बन्दीहरुलाई यो अहिलेको संकटको घडीमा अमानविय ढङ्गले मानसिक एवम् भौतिक यातना बो्ध भएको छैन होला ? कैद सजाय काटेर एक न एक दिन त आउछ भनेर कुरी बसेका घरपरिवार, छोराछोरी र आफन्तजनको विश्वासमा यतिबेला आसंकाको कालो बादल मडारिएको छ । के यस्तो संकटको बेलामा जेलका आफ्ना हजारौं नागरिकका बारेमा आफ्नो सरकारले एउटा कूशल अभिभावक बनेर आफ्नो भूमिका निभाउन सक्ला ? यो एउटा चुनौती र सम्भावना बोकेको यक्ष प्रश्न हो । लाग्छ एउटा भरपर्दो सर्त, निगरानी र जिम्मेवारीमा राखेर जेलमा पल पल मरिरहेका आफ्ना हजारौं नागरिकहरुको जीवन रक्षा गर्न असम्भब छैन । यसबारेमा समेत सरकारको ध्यान जानेछ, भन्दै थुनिएकै व्यक्तिले बन्द ढोका घच्घच्याउनु आफ्नो कर्तव्य ठाने र मैले यो यदी अपराध होईन भने कृपया जेलको एउटा कैदीले आफ्नो देशको प्रधानमन्त्रीलाई हजारौ बन्दीहरुको आवाजको प्रतिनिधित्व गर्दै एउटा निवेदन चढायो भनेर सम्झि दिनुहोला अहिले यति लेखु बांकी हजुरको जो आदेश ।

विजय के.सी (विकल्प)
कास्की, कारागार पोखरा

प्रतिकृया दिनुहोस्