News Portal

कोरोनाभाइरस संक्रमितको संख्या २१ लाख २८ हजार नाघ्यो

रातोपोस्ट संवाददाता
८९२ पटक

एजेन्सी। कोरोनाभाइरसबाट अमेरिकामा मात्रै संक्रमित हुनेको संख्यामा ६ लाख ५३ हजार नाघेको छ । वर्ल्डोमिटरका अनुसार बिहीबार सम्म अमेरिकामा ५ हजार ४६४ नयाँ संक्रमित थपिएका छन् ।

यस्तै मृतकको संख्या ३३ हजार ४०८ पुगेको छ । चीनको उहानबाट फैलिएको कोरोना भाइरसको कारण अमेरिकाले नै सर्वाधिक मानवीय क्षति व्यहोरेको छ । अमेरिकापछि इटालीमा २२ हजार १७० जनाको मृत्यु हुँदा स्पेनमा १९ हजार १३० जनाको मृत्यु भएको छ । उता फ्रान्समा पनि १७ हजार १६७ जनाको मृत्यु भएको छ ।

हालसम्म विश्वभर कोरोनाबाट कुल १ लाख ४२ हजार ६२४ जनाको मृत्यु हँदा संक्रमितको संख्या २१ लाख २८ हजार नाघेको छ । अहिलेपनि गम्भीर अवस्थामा विश्वभरका ५७ हजार बिरामीको उपचार भइरहेको छ ।

प्रतिकृया दिनुहोस्