News Portal

  • क्वारेन्टाइनबाट ६२ जना घर फर्किए

    अर्जुन कार्की
    ३५३ पटक

    झापा । कोरोना भाइरसको आशंकामा मेचीनगरको विभिन्न क्वारेन्टाइनमा बसेका ६२ जना व्यक्तिहरु घर फर्किएका छन् ।

    मेचीनगर स्थित आर्दश मावि ईटाभट्टा, धाइजनको स्वास्थ्य चौकी, मेची जनसाधारण मावि बौद्वमोड, सरस्वति मावि र पशुपति मावि बाहुनडाँगीका क्वारेन्टाइनमा बसेका ६२ जना व्यक्तिहरु घर फर्किएका हुन् ।

    १ सय ३९ मध्ये ७७ जना अझै आर्दश मावि, धाइजनको स्वास्थ्य चौकी र मेची जनसाधारण माविको क्वारेन्टाइनमा छन् भने  ६२ जना व्यक्तिहरुलाई घर पठाइएको मेचीनगरपालिकाको विपद व्यवस्थापन समितिका संयोजक टिकाराम मंग्रातीले जानकारी दिए ।

    किटको माध्यमबाट र्या्पिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) गर्दा कोरोना संक्रमण नभएको र १४ दिनको क्वारेन्टाइन अवधि पुगिसकेकालाई घर पठाइएको उनले बताए ।

    लकडाउनअघि विदेशबाट फर्किएका, नाकाबाट नेपाल प्रवेश गरेका र मेचीनगरका आशंकित व्यक्तिहरुलाई क्वारेन्टाइनमा राखिएको थियो ।

    जिल्ला भित्रका सहज हुने, होटलमा बसेका लगायतका व्यक्तिलाई घर पठाइएको छ । क्वारेन्टाइनबाट घर फर्किएकालाई एक साता घरमै क्वारेन्टाइनमा बस्न भनिएको उनको भनाई छ ।

    त्यस्तै काँकरभिट्टाका होटलमा २० दिनदेखि बेखर्ची भएर बसेका पश्चिमका ५६ जनाको आरडीटी परीक्षण गरिएको थियो । उनिहरुको रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको थियो ।

    संयोजक मंग्रातीले हाल क्वारेन्टाइनमा ४५ भारतीयसहित ७७ जनाको कोरोना परीक्षण गर्न बाँकी रहेको बताए । उनका अनुसार उनिहरुको शुक्रबार आरडीटी परीक्षण गरिसके पछि घर पठाइने छ ।

    ‘४५ जना भारतीय यसअघि झापामा नै असंगठित रुपमा काम गरेर बसेका थिए’, संयोजक मंग्रातीले भने–‘पहिला जसरी बसेका थिए, सोहि अनुसार बस्न भनेर पठाइ दिने छौँ ।’

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)