News Portal

पाटन अस्पतालमा पनि कोरोनाको परीक्षण हुने

रातोपोस्ट संवाददाता
५५३ पटक

काठमाण्डौ। सरकारले ललितपुरको पाटन अस्पतालबाट पनि पीसीआर विधिमार्फत कोरोना भाइरसको परीक्षण गर्ने भएको छ ।

परीक्षणको दायरा बढाउन पाटन अस्पतालमा पीसीआर मेसिन जडान गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  मन्त्रालयले नियमित पत्रकार सम्मेलन गर्दै केहीदिन भित्रै पाटनबाट पनि परीक्षण गर्ने जनाएको हो ।

यसअघि वीर अस्पताल र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा परीक्षणको सेवा विस्तार गरिएको थियो । पाटनमा पीसीआर मेसिन जडान भएसँगै देशभर अब १४ ठाउँबाट कोरोना भाइरसको परीक्षण हुने भएको छ ।

र्‍यापिड टेष्ट किटमार्फत गरिएको परीक्षणले कोरोना भए नभएको थाहा नहुने भएकाले पीसीआर विधिबाट अनिवार्य परीक्षण गर्नु पर्ने डाक्टरले बताउँदै आएका छन् ।

प्रतिकृया दिनुहोस्