News Portal

  • उदयपुरको मस्जिदमा बसेका ८ भारतीयमा कोरोना पुष्टि

    रातोपोस्ट संवाददाता
    ३९५ पटक

    विराटनगर। उदयपुरको त्रियुगा नगरपालिका-३ भुल्केस्थित मस्जिदमा बसेका १६ जनामध्ये ८ जना भारतीयलाई कोरोना संक्रमण देखिएको छ। विराटनगरस्थित पीसीआर ल्याबमा गरिएको परीक्षणमा आठजनालाई कोरोना पोजेटिभ देखिएको पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले गरेका छन्।

    ‘विराटनगरमा रहेको प्रयोगशालामा पीसीआर विधिबाट गरिएको कोरोना परीक्षणमा ८ जनाको रिपोर्ट पोजेटिभ आएको छ’, उनले भनेका छन्, ‘उनीहरुको रिपोर्टको अन्तिम निस्कर्ष निकाल्न त्यही नमूना अहिले टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण भइरहेको छ।’

    भुल्केस्थित मस्जिदमा लुकेर केही भारतीय नागरिक बसेको सूचना आएपछि मंगलबार सुरक्षाकर्मीसहित मस्जिद पुगेको स्वस्थ्यकर्मीको टोलीले उनीहरुको स्वाब नमुना लिएको थियो । पुनः परीक्षणका लागि उनीहरुको नमूना काठमाडौं पठाइएको छ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)