News Portal

‘श्रमिकको गाँस बासको व्यवस्था गरियोस्’

रातोपोस्ट संवाददाता
४९१ पटक

काठमाडौं । नेपाली कांग्रेसले लकडाउनको २५ औं दिन  बित्दा समेत  सरकारले  अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिक तथा मजदुरको  गाँस र बासको व्यवस्था गर्न नसकेको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण  गराएको छ ।

नेपाली कांग्रेस केन्द्रीय श्रमिक तथा ट्रेड युनियन विभागका संयोजक शिव हुमागाईंले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सरकारको ध्यानाकर्षण गराएका हुन् । उनले सयौं किलोमिटर पैदल यात्रा गर्ने यात्रुलाई यथाशिघ्र गन्तव्यमा पु¥याउने व्यवस्था मिलाउन आग्रह समेत गरेका छन् ।

सडकमा देखिएको दर्दनाक दृश्य रोक्न र नागरिकप्रति संवेदनशील बन्न विज्ञप्तिमार्फत् माग गरिएको छ ।

सरकारले वितरण गर्ने राहतलाई स्थानीय तहको संयोजनमा अनौपचारिक क्षेत्रमा असंगठित भएर काम गर्ने मजदुरलाई प्राथमिकता दिन समेत विभागले आग्रह गरेको छ ।

प्रतिकृया दिनुहोस्