News Portal

भारतमा तीब्र रुपमा फैलियो कोराना भाइरसः कति पुग्यो संक्रमित र मृतकको संख्या ?

रातोपोस्ट संवाददाता
११८२ पटक

काठमाडौं। छिमेकी देश भारतमा कोरोन भाइरसबाट संक्रमित हुनेको संख्या १४ हजार नाघेको छ। शुक्रबार एकैदिन ९ सय २२ जना संक्रमित थपिएको भारतीय अधिकारीहरुले जनाएका छन्।

त्यस्तै कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय ८६ पुगेको छ। शुक्रबार थप ३८ जनाको मृत्यु भएको थियो।

भारतमा सबैभन्दा बढी प्रभावित राज्य महाराष्ट्र बनेको छ। शुक्रबारसम्म त्यहाँ ३ हजार ३ सय २० जना संक्रमित रहेका छन् भने २ सय १ जनाको मृत्यु भएको छ।

त्यस्तै दिल्लीमा १ हजार ७ सय ७ जना संक्रमित रहेका छन् भने ४२ जनाको मृत्यु भएको छ।

तमिलनाडुमा १हजार ३ सय २३ संक्रमित रहेकोमा १५ जनाको मृत्यु भइसकेको छ भने मध्यप्रदेशमा १ हजार ३ सय ५१ संक्रमित रहेकोमा ६९ जनाको मृत्यु भइसकेको छ।

त्यस्तै नेपालसँग सीमाना जोडिएको उत्तर प्रदेशमा ८ सय ४९ जना संक्रमित छन् भने १४ जनाको मृत्यु भएको छ। बिहारमा ८५ जना संक्रमित छन् भने २ जनाको मृत्यु भएको छ।

त्यस्‍तै पश्चिम बंगालमा २सय ५५ जना संक्रमित छन् भने १० जनाको मृत्यु भएको छ, उता उत्तराखण्डमा भने ४१ जना संक्रमित रहेका छन्।

प्रतिकृया दिनुहोस्