News Portal

लकडाउन खुकुलो पार्दै बिस्तारै हटाउने तयारीमा छन् यी देश

रातोपोस्ट संवाददाता
९३९ पटक

एजेन्सी। कोरोना भाइरस संक्रमणविरुद्ध भ्याक्सिनको निर्माण नभएसम्म सामाजिक दुरी बाहेक दोस्रो प्रभावकारी विकल्प नदेखिए पनि केही देश सामाजिक दुरी कायम गराउन लागु गरेको लकडाउन हटाउने तयारीमा लागेका छन्।

जर्मन,डेनमार्क,अष्ट्रिया,स्पेनले लकडाउन हटाउने तयारी गरिरहेका छन्। केहीले पूर्ण रुपमै लकडाउन हटाउने रणनीति बनाइरहेको छ भने केहीले भने नागरिकको चहलपहलमा लगाएको कडा नियम खुकुलो बनाएर जोखिमको आधारमा व्यापारिक, शैक्षिक र अन्य क्षेत्रहरु खुल्ला गर्दै जाने रणनीति बनाएको छ।

जर्मन‍ चान्सलर ए‌ंजेला मार्केलले आफू विस्तारै प्रतिबन्धहरु हटाउने बाटोमा हिड्न चाहेको बताएकी छिन्। उनले सामाजिक दुरीको नियम पालना गर्दै घरबाट बाहिर निस्कदा माक्स लगाउन आग्रह गर्दै साना पसल, गाडि र मोटरसाइकलका शोरुम खोल्ने बताइसकेकी छिन्। उनले सार्वजनिक सवारीसाधन समेत शुचारु गर्ने बताइसकेकी छिन्।

जर्मनमा ४ मे पछि विद्यालय खोल्ने तयारी शुरु भइसकेको छ। ३१ अगस्तसम्म ठुला धार्मिक कार्यक्रम या ब्यक्तिगत भेला भने गर्न पाइने छैन। सामाजिक दुरी कायम गरेकाले नै कोरोना भाइरस संक्रमणको क्षति रोक्न सकेको उनले बताएकी छिन्। जर्मनमा कोरोना संक्रमणबाट तीन हजार २ सय जनाको ज्यान गएको छ।

डेनमार्कमा ११ वर्षसम्मका बालबालिकाको बिद्यालय खुलीसकेको छ। सफाइमा ध्यान दिन विशेष निर्देशनदिँदै नर्सरी तहका विद्यालय समेत खुलेका छन् डेनमार्कमा ।अष्ट्रियाले आगामि साताबाट साना पसलहरु खोल्न दिने भएको छ। लामो दुरी कायम गरेर खेलिने टेनिस,गल्फ खेल्न समेत उसले छुट दिने तयारी गरिरहेको छ। एक मे बाट यी खेल खेल्ने अनुमती पाउनेछन् अष्ट्रियावासीले।

स्पनेले निर्माण र म्यानिफ्याक्चरिङ्ग सम्बन्धी उद्योग खोल्ने तयारी गरेको छ। उसले घरेलु काम गर्ने मिस्त्रीहरुलाई समेत कामको अनुमती दिने तयारी गरेको बिबिसीले उल्लेख गरेको छ।

प्रतिकृया दिनुहोस्