News Portal

प्रहरी हिरासतमा कोरोना परीक्षण

रातोपोस्ट संवाददाता
१२४३ पटक

 

 

 

 

 

 

 

 

 

 

 

 

झापा। मेचीनगर नगरपालिकाको स्वास्थ्य शाखाद्वारा शुक्रबार  २३ जनाको कोरोना भाइरस एन्टीबडी परीक्षण गरिएको छ ।

शाखाका संयोजक शशीकला राईको नेतृत्वको स्वास्थ्यकर्मीहरु नगरका विभिन्न वडामा घरदैलो अभियान सञ्चालन गरी होम क्वारेन्टाइनमा रहेकाको परीक्षण गरिएको हो ।

सो समूहले स्थानीय सरकारले सञ्चालन गरेको क्वारेन्टाईन र प्रहरी हिरासतमा रहेकाहरुको र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट परीक्षण गरेको हो ।

मेचीनगर नगरपालिकाद्वारा सञ्चालित आदर्श माध्यमिक विद्यालय आयाबारीको क्वरेन्टाइनमा रहेका एकको भाइरसको एन्टीबडी परीक्षण गरिएको थियो भने सोही ठाउँमा होम क्वारेन्टाइनमा रहेका अर्का एक जनाको पनि र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट परीक्षण गरेको शाखा संयोजक राईले बताइन् ।

आदर्श मावि क्वरेन्टाइनमा अहिले १५ जना रहेका  छन् । यस अघि सोही क्वारेन्टाइनमा रहेका ८ जनाको र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट परीक्षण गरेको क्वारेन्टाइन व्यवस्थापनले जनाएको छ ।

यसैगरी, स्वास्थ्यकर्मीको टोलीले विभिन्न कसुरमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाको हिरासतमा रहेका १० जनाको  कोरोना भाइरसको एन्टीबडी परीक्षण गरिएको संयोजक राईले जानकारी दिइन् ।

परीक्षण गरिएकाहरुको रिजल्ट टोलीले बताउन नमिल्ने बताएको भए पनि स्रोतका अनुसार सबैजनाको र्यापिड टेस्ट एन्टीबडी नेगेटिभ आएको छ ।

प्रतिकृया दिनुहोस्