News Portal

कोरोना अपडेट : विश्वभर संक्रमित २२ लाख ५१ हजार ८१७, मृतकको संख्या १ लाख ५४ हजार २५४

रातोपोस्ट
३६३ पटक

काठमाडौं । विश्वभरी महामारीको रूपमा फैलिएको कोरोना भाइरसबाट शनिबार १२ बजेसम्म मृत्यु हुनेको संख्या १ लाख ५४ हजार २५४ नाघेको छ । निको हुनेहरुको संख्या ५ लाख ७५ हजार ३९८ पुगेको छ भने कुल संक्रमित संख्या २२ लाख ५१ हजार ८१७ पुगेको छ ।

विश्व स्वास्थ्य संगठन र जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको पछिल्लो विवरणमा संयुक्तराज्य अमेरिकामा संक्रमित र मृत्यु हुने व्यक्तिको संख्या सबैभन्दा बढी देखिएको उल्लेख छ । अमेरिकामा ७ लाख ६ हजार ७७९ भन्दा बढी मानिस कोरोना संक्रमित भएका छन् भने ३७ हजार भन्दा बढीको मृत्यु भएको छ ।

दोस्रो र तेस्रो स्थानमा इटाली र स्पेन रहेका छन् । इटालीमा २२ हजार ७४५ जनाको ज्यान गएको छ, भने संक्रमितको एक लाख ७२ हजार ४३४ पुगेको छ । स्पेनमा भने २० हजार भन्दा बढीको मृत्यु भएको छ । संक्रमितको संख्या एक लाख ९० हजार ८३९ पुगेको छ ।

कोरोना भाइरसकै कारण अर्को युरोपेली मुलुक फ्रान्समा १८ हजार ६८१ जना र बेलायतमा १४ हजार ५७६ जनाको मृत्यु भएको छ । बेल्जियममा ५ हजार १६३ जना, जर्मनीमा ४ हजार ३५२ जना, चीनमा ४ हजार ५१२ जना, नेदरल्यान्ड्समा ३ हजार ४५९ जना, स्वीट्जरल्यान्डमा १ हजार २८१ जना, स्वीडेनमा एक हजार २३३ जना र आयरल्यान्डमा ४८६ जनाको मृत्यु भएको छ । ब्राजिलमा २ हजार १७१ जनाको मृत्यु भएको छ ।

भारतमा संक्रमित हुनेको संख्या १४ हजार नाघेको छ भने ४६० भन्दा बढीको मृत्यु भइसकेको छ । यस अवधिमा नेपालमा हालसम्म ३० जनामा कोरोना संक्रमित रहेकोमा २ जना निको भएका छन् भने बाँकी उपचाररत छन् ।रासस

प्रतिकृया दिनुहोस्