News Portal

श्रमजीवी बर्गलाई सरकारले बेवास्ता गरे सडकमा आउने नागरिक अभियानको चेतावनी

रातोपोस्ट संवाददाता
९७९ पटक

काठमाडौं । यतिबेला काेभिड-१९ (काेराेना भाइरस )का कारण विश्वभर लकडाउन भैरहेको अवस्था छ भने बिश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरसको संक्रमणलाई थप फैलिन नदिन एवम् निस्तेज पार्न भन्दै नेपालमा समेत गरिएको लकडाउनको आज २६ औं दिन बिति सकेको छ ।

यस अवधिमा हुने खाने वर्गको दैनिकी समेत प्रभावमा परेको छ भने दैनिक ज्यालादारी गरेर आफ्नो परिवारमा चुल्हो बाल्ने वर्गहरुको अवस्था कस्तो भाको होला ? हामी अनुमान मात्र गर्दा पनि भक्कानिन्छौं ।

चिल्ला र मिठा कुरा केवल सुन्नका लागी हुन्, कुराले पेट अघाउँदैन । यो सत्यता बुझेका शासकहरु यतिबेला मस्त निन्द्राको कप्टीपूर्ण अभिनयमा मस्त छन् । दिनभरी मेहनत गरेर त्यही बेलुकाको छाक टार्नेहरुको चुल्हो तात्न छोडेपछि ती श्रमजीवि मजदुरहरु आफु कुनै ठूलो अपराधी भएझैं गरी प्रहरीले देख्ला कि भन्दै रातारात लुक्दै गाउँ फर्किनेहरुको लर्को बनाई रहेका छन् ।

भागी भागी लुकी लुकी हिडि रहेका लाममा अभिभावकको हात समाएर ताते ताते गर्ने बालबालिका अनि खुट्टामा उठेका ठेला फुटाएर जबरजस्ती आफ्नो शरिरलाई तानि रहेका महिलाहरुको अवस्था देख्दा जो कोहीका पनि आँखा ओबाना हुँदैनन् ।

स्वदेशमा रोजगारी नपाएपछि भारतीय भूमिमा रहेका नेपाली नागरिकहरुलाई भारतीय सुरक्षाकर्मीले नेपाली नाकामा ल्याएर अलपत्र अवस्थामा छोडेका समाचारहरु हामीले दैनिक रुपमा सुन्ने अनि देख्ने गरेका छौं ।

चुनावको समयमा जनता ओसार्न फालाफाल बस रिजर्भ गर्ने राजनीतिक दलहरु यतिबेला कहाँ छन् कसैलाई अनुभूत हुन सकेको छैन । सर्बोच्च अदालत पैदल हिडिरहेका नागरिकहरुलाई बिना सास्ती घर पुर्याउ अनि सिमानामा अलपत्र परेका नागरिकहरुलाई स्वदेश ल्याउ भनि रहेको छ भने सरकार जो जहाँ छौ त्यहीँ बस हिड्यौ भने कारबाही गर्छु भन्दै औंला ठड्याई रहेको छ ।

सरकार आफैंले भनेको कानुनी राज्यको धज्जी उडाई रहेको मात्र छैन, आफुलाई भोट दिने जनताको आँसुको आहालमा पौडी खेलिरहेको अनुभूति आम जनताहरुले गरिरहेका छन् ।

हुन त सरकार लकडाउनको सुरुवाती चरणदेखि नै राहत दिने वा कोही पनि भोकै मर्नु नपर्ने भन्न छोडेको छैन तर जनता त्यो बचनमा धैर्यता गर्न सक्ने अवस्थामा छैनन् ।

कतिपय हिडडुल गर्न नसक्ने एवम दैनिक कामकाज गर्न नसक्ने अपांगता भएका व्यक्तिहरु र बिद्यार्थीहरुको अवस्था अत्यन्तै दर्दनाक छ । कतिपय अपांगता भएका नागरिकहरु आफ्नो परिचयपत्र नभाको कारणले राहत पाउँनबाट बञ्चित भएका खबरहरु पनि हामीले सुन्यौं भने सरकारका कारिन्दाहरुसँग मानवता कति छ भन्ने कुरा यही बास्तविकताले प्रमाणित गर्यो ।

राहतको औपचारिकता पुरा गर्न बाँडिएका केही किलो चामल समेत कुहिएको र खान नमिल्ने भएको कारण सर्वसाधारणले स्थानीय निकायमै फिर्ता गर्नु परेका दुर्भाग्य हामीले नै देख्यौं ।

जनताबाट कर बापत असुलिएको रकमबाट राहतको लागी किनिएको गुणस्तरी खाद्य सामाग्री जनताकै भोटबाट जनप्रतिनिधि बनेका नगरपालिका र गाउँपालिका अध्यक्षको गोदाममा भेटिनु, जनताको नाममा स्वास्थ्य सामाग्री ल्याउँने भन्दै अरबौं भ्रष्टाचार हुँदा त्यस्ता व्यक्तिलाई कारवाहीको दायरामा ल्याउँन सरकारको नेतृत्व तयार नहुनु जस्ता विषयले गर्दा पनि जनता सरकारको आदेश मान्ने भन्दा पनि लकडाउँन उल्लंघन गरेर एक प्रकारको शहरी बिद्रोहको बिजारोपणमा लागेको स्पस्ट दृष्य वर्तमान अवस्थाले देखाई रहेको छ ।

यस्ता यावत कारणहरुले गर्दा शासकलाई खबरदारी गर्न तथा आम श्रमजीवि मजदुर वर्गको मुद्धामा समन्वयात्मक भूमिका निर्वाह गर्न नागरिक स्तरबाट श्रमजीविका लागी नागरिक अभियान सुरु भएको छ ।

समाजका सचेत नागरिक अगुवा, कवि, लेखक, चलचित्रकर्मी, राजनीतिकमी आदिको पहलमा आम श्रमजीवीका लागि हाम्रो नागरिक अभियान सुरु भएको हो ।

सरकारले आम गरिखाने मजदुर किसान र श्रमजीवी बर्गलाई अपहेलित गरेको भन्दै यो अभियान चलेको हो । अभियानले बाटो अलपत्र परेका नागरिकलाई गन्तव्यसम्म पुर्याउन, राहत बितरण प्रणालीलाई ब्यवस्थित बनाउन, कालोबजारी नियन्त्रण गर्न, किसानलाइ राहत तथा मल र बीउ बिजन सहज बनाउन, कोरोना कोषलाई जनहितमा प्रयोग गर्न साथै गरिखाने बर्गको ब्यबस्थापन गर्न माग गरेको छ ।

यदि यस्ता जनहितकारी मागहरु पुरा नभए सडकमा आउनसम्म बाध्य हुने यस अभियानमा जोडिएका अभियन्ताहरुले जनाएका छ्न । अभियानले हाल सामाजिक संजालमा राम्रो चर्चा बटुलि रहेको छ भने यस अभियानमा जोडिन सर्वसाधारणहरुको दिनहुँ लर्को लाग्न थालेको छ ।

यस अभियानको प्रमुख अभियन्ता रसुवाली कवि भन्छन यो बिशुद्द मजदुर किसानको पक्षधर आन्दोलन हो । अभियान हो, संसारका मजदुर एकै हौ भनेर स्लोगन टासेर राजनीति गर्ने कम्युनिस्ट सरकारकै पाला मजदुरहरुको बिचल्ली देख्न नसकेपछि यो अभियान थालेका हौ ।

मजदुर किसान र श्रमजीवी बर्गलाई गाँस, बाँस र कपास ब्यबस्थापन गर्ने कुरामा सरकारले कदम नचालेसम्म हाम्रो खबरदारी जारी रहन्छ । यो अभियानबाट झन्डै असी हाराहारी नागरिक सहभागी भैसकेका छ्न भने थपिने पनि तीब्र भएकाे रसुवाली कवि बताउ छन ।

अभियानद्वारा जारी बिज्ञपति यस्तो छ

बिश्व यतिखेर कोरोना भाइरस कोभिड १९ विरुद्धको लडाइँमा छ । बिश्व नै लकडाउन (बन्दाबन्दी) मा छ । नेपालमा पनि यो बन्दाबन्दीको कडा असर परेको छ ।

यो कठिन परिस्थितिमा मजदुर किसान साना आय भएका ब्यबसायी तथा श्रमजीवी बर्ग अभाव भोकमरी हैरानी खेप्न बाध्य भएको छ । रातारात शहर छोडेर गाउँतिर लम्किरहेका मान्छेहरुको हुल देख्दा तपाईं हाम्रो हृदय पग्लिन्छ । मानवताको भाव जागृत हुन्छ ।

लकडाउनलाई झन कडा बनाउने नाउँमा प्रहरी आक्रामक बन्दै गएको छ । अस्पतालबाट घर फर्किरहेका डाक्टर औषधि किनेर गन्तव्य जादै गरेका सर्बसाधारण तथा गाउँ फर्किन बाध्यहरुलाई प्रहरीले आक्रमण गरेको समाचार बारम्बार सार्बजनिक भैरहेको छ ।

सरकारले न राहत प्याकेजको घोषणा गरेको छ, न गाउँ फर्किन बाध्य आम नागरिकलाई सुरक्षित ढंगले गन्तव्य पुर्याउने कुनै योजना बनाएको छ । बरु उल्टो प्रहरीदेखि सेनासम्म परिचालन गरिएको छ ।

जसकाे कारण ठुलो जनसंख्या आपतमा परेका छन । उनीहरू बिचल्लीमा पर्दा समेत सरकारले उनीहरुको बाध्यात्मक अवस्थालाई नजर अन्दाज गरिरहेको छ ।

जसताेसुकै अवस्था आए पनि शहर नछाड्न तथा भोकै पर्ने अवस्था भए सरसापटी गरेर काम चलाउँन उर्दी दिदै जनताको भोको पेटमाथी खिसी ट्याउरी गरिरहकेको छ ।

राज्यकै कारण लाखौं जनता भोकमरीको चपेटामा पर्ने निश्चित प्राय बन्दै गई रहेको छ भने यही भोकमरीले गर्दा शहरी बिद्रोह हुन पुगी मानवीयताको खडेरी बढ्ने खतरा पनि अहिलेको स्थीतिले देखाई रहेको छ ।

यस्तो स्थीति ल्याउँने प्रमुख जिम्मेवार राज्यको यो घोर अमानवीय हर्कतको हामी भ्रत्सना गर्दर्छौंै ।

हामी राज्यलाई गम्भीरताका साथ छिटोभन्दा छिटो आम श्रमजीवी नागरिकको जीवनलाई सम्बोधन गर्न अपिल गर्छौं । साथै स्वास्थ्य परिक्षण गर्दै घर फर्किन बाध्य नागरिकहरुलाइ गन्तव्यसम्म पुर्याउने बाताबरण तत्काल निर्माण गर्न, स्थानीय निकायको राहत बितरण प्रणाली ब्यवस्थित बनाउन, बास्तविक पीडितसम्म राहत पुर्याउन ।

किसानहरुलाइ मलखाद र बीउ बिजन सहज बनाउन, नेपालको सिमानामा अलपत्र परेका नागरिक तथा वैदेशिक रोजगारको सिलसिला अलपत्र परेका श्रमिकहरुलाइ स्वदेश फर्काउने ब्यबस्था यथासिघ्र गर्न, कृषि अनुदान कार्यक्रम तत्काल घोषणा गरी लागु गर्न, कृतिम अभावलाई नियन्त्रण गर्न, निर्बाध रूपमा दैनिक उपभोग्य बस्तुलाई उपभोक्ताको सहज पहुँचसम्म पुर्याउन, मजदुरहरुलाई सम्बोधन हुने रोजगार कार्यक्रम घोषणा गर्न, भाडामा बस्नेहरुलाई लकडाउनको कारण काम छुटेको अवधि भरिको भाडा छुट गराउँन, शहरका घरधनीहरुको आर्थिक अवस्था हेरी आवश्यक देखिएमा बैंकको ब्याजमा छुट दिन एवम श्रमजीवि मजदुर माथीको प्रहरी दमन बन्द गर्न हामी जोडदार माग गर्दछौं ।

माथी उल्लेखित हाम्रा मागहरुको सम्बोधन नभएमा हामी आम पीडित वर्गहरु सहित सडकमा आउँन बाध्य हुनेछौं ।

श्रमजीवी मजदुरहरुको पक्षधर हाम्रो नागरिक अभियानमा हालसम्म जोडिनु भएका ब्यक्तिहरुको नामावली निमनुसार रहेको छ ।

१. रसुवाली कवि लेखक तथा प्रमुख अभियन्ता
२. श्रवण मुकारुङ चर्चित कवि
३. स्वनाम साथी माक्र्सवादी बुद्धिजीवी
४. सुविन न्यौपाने कान्जीभाइ लेखक
५. जितेन्द्र तामाङ लेखक तथा जनमुक्ति सेनाका पुर्ब कमान्डर
६. रत्न प्रसाद अनामणि साहित्यकार
७. अशोक सुवेदी लेखक माक्र्सवादी समालोचक
८. बिपि बिद्रोह साहित्यकार
९. बिज्ञान शर्मा लेखक राजनीतिक बिश्लेशक
१०. तुलसी बास्कोटा लेखक तथा फिल्म निर्देशक
११. घनश्याम तिमल्सिना फिल्म निर्देशक कलाकार
१२. अर्जुन बुढाथोकी खेलाडी राजनीतिकर्मी
१३. योगेश बराल राजनीतिकर्मी
१४. कुन्साङ कान्छा अर्थ राजनीतिक बिश्लेशक
१५. शङकर दुलाल लेखक फिल्म निर्माता
१६. राज्य राई फिल्म निर्देशक
१७. बसन्त भेटुवाल राजनीतिकर्मी
१८. जीवन हमाल लेखक पत्रकार
१९. दिपेन सिम्खडा लेखक
२०. सरोज सुनामी लेखक
२१. नमराज बिष्ट लेखक मुक्तककार
२२. कब्बु कबेरी लेखक
२३. नवीन घिमिरे कलाकार
२४. सर्ब श्रेष्ठ प्रगतिशील लेखक तथा मजदुर नेता
२५. उत्तम श्रेष्ठ लेखक पत्रकार
२६. प्रकाश दाहाल ताप्लेजुङे लेखक राजनीतिक कर्मी
२७. शिव शर्मा कलाकार
२८. याकथुङबा सुनिल आङबो लेखक
२९. ईश्वर कुमार मैनाली लेखक
३०. प्रभाती किरण लेखक
३१. गुरु चौधरी लेखक
३२. बिश्वास नेपाली लेखक
३३. महान त्यागी लेखक
३४. बिष्णु लामिछाने सचेत नागरिक
३५. दिपेन न्यौपाने सचेत नागरिक
३६. डिबि पराजुली नागरिक अभियन्ता
३७. जटिल कार्की लेखक
३८. दुर्लभ काइला लेखक
३९. सुगम सुनामी लेखक
४०. बेदनाथ ढकाल लेखक
४१. पिबि सङगम सचेत नागरिक
४२. कमल पाण्डे सचेत नागरिक
४३. सिङ्जान चेम्जोङ लेखक
४४. प्रकाश राहाडी मगर लेखक
४५. लामिछानेजी लेखक
४६. सुरज उपाध्याय लेखक
४७. दिपेन्द्र समर क्षेत्री लेखक
४८. अन्जान रिमाल लेखक
४९. अर्जुन नेपाली लेखक
५०. निर्मल खडका लेखक
५१. सङ्गम सुहाङ लेखक
५२. ओम प्रकाश घिमिरे लेखक
५३. जीवन दोङ तामाङ लेखक
५४. नवीन पण्डित प्राध्यापक
५५. शुवासचन्द्र राई सचेत नागरिक
५६. मुक्त उदास लेखक
५७. हिमाल थापा क्षेत्री लेखक
५८. सुशान्त लामा लेखक
५९. खेम बतास लेखक
६०. माधब घिमिरे अटल लेखक
६१. नबराज न्यौपाने सचेत नागरिक
६२. प्रकाश कोइराला लेखक
६३. खेमराज आचार्य लेखक
६४. नवराज मैनाली लेखक
६५. सुमन तिमल्सिना लेखक
६६. जीवन पोख्रेल लेखक
६७. रिदोपा राई लेखक
६८. सुश्मा न्यौपाने लेखक
६९. मुक्ति गैरे लेखक
७०. मनहरी तिमल्सिना पत्रकार स्तम्भकार
७१. पिडी शेर्पा पत्रकार
७२. बिबेक दाहाल सचेत नागरिक
७३. युवराज पराजुली सचेत नागरिक
७४. बिपना श्रेष्ठ लेखक
७५. यसु गिरि लेखक
७६. राजेन्द्र पन्थ सचेत नागरिक
७७. हिरा लामा लेखक
७८. तारामिलन छन्त्याल लेखक
७९. रणबहादुर राना लेखक
८०. सुनिल नेपाली लेखक
८१. रचित रेशम लेखक
८२. लक्ष्मण गौतम सचेत नागरिक
८३. प्रदीप खनाल सचेत नागरिक
८४. टक गुरुङ लेखक
८५. बिरेन्द्र अविरल तिमल्सिना लेखक
८६. हरिमाया भेटवाल लेखक
८७. हृदय उपाध्याय लेखक
८८. काजी रोशन लेखक
८९. ललित लामा लेखक
९०. अन्जना राई लेखक
९१. अमृत श्रेष्ठ नेवा सचेत नागरिक
९२. देबराज सचेत नागरिक
९३. प्रबिन अधिकारी लेखक पत्रकार
९४. अद्वितीय बिष्णु लेखक
९५. राजु श्स्वात लामिछाने लेखक
९६. गणेश बिश्वकर्मा अणु
९७. तेज नारायण चौधरी पत्रकार
९८. काजी गाउँले जनवादी कलाकार
९९. साहस भट्ट लेखक पत्रकार
१००. कल्पना चितुवाल लेखक
१०१. सोम श्रेष्ठ सचेत नागरिक
१०२. अमृत श्रेष्ठ नेवा गजलकार
१०३. चेतनाथ चौलागाईं मानव अधिकारवादी
१०४. इन्द्र राबल लेखक
१०५. रामेस्वर भण्डारी अधिबक्ता
१०६. निर्मल खडका सचेत नागरिक
१०७. रोहिता भट्टराई लेखक
१०८. हिमाल थापा क्षेत्री लेखक
१०९. काशी राम लेखक
११०. दिनेश सापकोटा सचेत नागरिक
१११. हरि मल्ल ठकुरी फिल्म निर्देशक
११२. तारा काफ्ले लेखक
११३. हरि गजुरेल लेखक पत्रकार
११४. एन .डी क्षितिज विद्यार्थी
११५. बिनोद देबकोटा लेखक
११६. जनकजीवन उपाध्याय राजनीतिकर्मी
११७. फुच्चे कुशल सचेत नागरिक
११८. कमल आचार्य अधिकारकर्मी
११९. एक्लो राज सचेत नागरिक
१२०. बाबुराम भट्टराई बाबू लेखक
१२१. युनिक जीवन सचेत नागरिक
१२२. रुपेश अचार्य लेखक
१२३. यज्ञराज पौडेल लेखक
१२४. गुप्तराज थापामगर सचेत नागरिक
१२५. काजीमान अधिकारी सचेत नागरिक
१२६. लक्ष्मण लक्ष्मण सचेत नागरिक

प्रतिकृया दिनुहोस्