News Portal

  • सुरक्षाकर्मीलाई दियो कांग्रेसले स्वास्थ्य सामाग्री

    रातोपोस्ट संवाददाता
    १६८० पटक

    झापा । नेपाली कांग्रेस शिवसताक्षी नगर समितिले इलाका प्रहरी कार्यालय झिलझिलेलाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।

    कोरोना भाइरस संक्रमणको रोकथामका लागि लकडानउन भएको अवस्था अग्रपंक्तिमा सुरक्षा दिने प्रहरीका लागि नेपाली कांग्रेस नगरसमितिले स्वास्थ्य सामाग्री प्रदान गरेको हो ।

    शनिबार नगर सभापति पर्शुराम ढुंगानाको नेतृत्वको टोलीले इलाका प्रहरी कार्यालय झिलझिलेका इन्चार्ज कोमल ठाकुरलाई स्वास्थ्य सामाग्री प्रदान गरेका हुन् ।

    ५ सय एमएलको ५ थान सेनिटाइजर, ३ सय थान ग्लभ्स, ३० थान डिटोल साबुन, १ सय थान माक्स र ५० लिटर डिजल रहेको सह सभापति विनोद ढकाल जानकारी दिएका छन ।

    कार्यक्रममा नेपाली कांग्रेसका नगर सभापति पर्शुराम ढँगाना, सह सभापति विनोद ढकाल, पूर्व क्षेत्रीय सभापति नारायणप्रसाद बजगाई, नगर कोषाध्यक्ष दुर्गा भट्टराई, वडा नम्बर ६ का वडाध्यक्ष मनोज खुलाल, वडा सभापति असोक बस्नेत, अग्नी दुलाल लगायतको उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)