News Portal

  • विश्वभर २३ लाख भन्दा बढी संक्रमित , अमेरिकामा मृतकको संख्या ३९ हजार नाघ्यो

    रातोपोस्ट संवाददाता
    ६०४ पटक

    काठमाडौ : अमेरिकामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३९ हजार नाघेको छ। अमेरिकामा विगत २४ घण्टामा १ हजार ८ सय ८६ जनाको ज्यान गएको छ। अमेरिकामा संक्रमितको संख्या ७ लाख ३७ हजार ६ सय ९७ छ।

    त्यहाँ एकै दिन २८ हजार भन्दा बढी विरामी फेला परेको वल्डोमिटरले जनाएको छ। अमेरिकामा सबै भन्दा बढी न्युयोर्कमा १७ हजार ६ सय ८१ जनाको ज्यान गएको छ। २ लाख ४१ हजार संक्रमित छन्। अमेरिका पछि सबै भन्दा बढी इटालीमा २३ हजार २ सय २२ जनाको मृत्यु भएको छ।

    त्यस्तै स्पेनमा   कोरोनाबाट मृत्यु हुनेको संख्या २० हजार नाघेको छ। फ्रान्समा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १९ हजार भन्दा बढी छ। त्यस्तै बेलायतमा १६ हजार बढी मानिसले ज्यान गुमाइसकेका छन्।

    विश्वभर कोरोनाबाट संक्रमित हुनेको संख्या २३ लाख २९ हजार भन्दा बढी छ। मृत्यु हुनेको संख्या १ लाख ६० हजार नाघेको छ भने ५ लाख ९६ हजार मानिस ठिक भइसकेका छन्।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)