News Portal

धुलाबारी हेल्थ पोष्टमा आइपुग्यो ‘कोरोना डेक्स’

रातोपोस्ट संवाददाता
७५१ पटक

झापा। नोवल कोरोना भाइरस कोभिड १९ का संभावित संक्रमितबाट संकलन गरिने थ्रोड स्वाब संकलन गर्ने पीपीइ क्याबिनेट आइतबारदेखि झापाको  धुलावारीमा सञ्चालनमा आउने भएको छ ।

क्याबिनेट निर्माण गर्ने परोपकारी संस्था राष्ट्रिय आविस्कार केन्द्र नेपालका पूर्वाञ्चल संयोजक युवराज अधिकारीले मेचीनगर प्रमुख बिमल आचार्यलाई उक्त क्याबिनेट शनिबार हस्तान्तरण गरेका छन ।

स्वास्थ्यकर्मीहरुसँग आवश्यकीय पीपीई समेत नहुँदा ज्यान जोखिममा राखेर स्वास्थ्य जाँच गर्नु परिरहेको बेला आविष्कार केन्द्रले उपलब्ध गराइदिएको पीपीई क्याविनेटकले डाक्टार तथा स्वास्थ्यकर्मीहरुलाई काम गर्न सहज भएको मेचीनगरपालिकाका प्रमुख विमल आचार्यले बताए ।

मोरङको उर्लाबारीमा रहेको त्रिकाल फाउण्डेशनको संयोजनमा मेचीनगर आइपुगेको क्याबिनेटलाई धुलावारी स्वास्थ्य चौकीमा जडान गरिएको मेचीनगर विपद ब्यवस्थापन संयोजक टिकाराम मग्ररातीले बताए ।

क्याबिनेट आइतबादेखी सञ्चालनमा आउने भएकाे छ भने  प्राविधिक जनशक्तिको ब्यवस्थापन धुलावारी स्वास्थ्य चौकीले गर्ने मगरातीले जानकारी दिए ।

शंकास्पद बिरामी पाइएमा आरडीटी र पीसीआर दुबैमाध्यमबाट गरिने परीक्षणको नमुना संकलनमा पीपीइ क्याबनिेटले मद्धत गर्ने र स्वास्थ्यकर्मीमा हुने संक्रमणको जोखिम न्युनिकरणमा यसले मद्धत पु¥याउने आविस्कार केन्द्रका पुर्वाञ्चल संयोजक अधिकारीले बताए।

महावीर पुनःको नेतृत्वमा रहेको राष्ट्रिय बाविस्कार केन्दले यसअघि दमक, कनकाई र गौरादहमा जडान गरिसकिएको झापाका सबै पालिकाका अस्पतालमा पीपीइ क्याबिनेट पुर्याउने योजना रहेको संयोजक अधिकारीले बताए ।

क्याबिनेट हस्तान्तरणमा कायक्रममा नगर प्रमुख आचार्य, १० नम्बर वडा अध्यक्ष सुवेशकुमार पनेरु, कार्यपालिका सदस्य टीकाराम मग्रराती, कृष्ण कनाल लगायतको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्